• होमपेज
  • सुचना प्रबिधी
  • तीनदिनको मौसम अपडेट : कहाँ हुन्छ ?

तीनदिनको मौसम अपडेट : कहाँ हुन्छ ?

  • शनिबार, साउन ३, २०७७
तीनदिनको मौसम अपडेट : कहाँ हुन्छ  ?

काठमाडौं : हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनअनुसार मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ। अहिले काठमाडौं उपत्यका लगाएत देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र सुदुर पश्चिम प्रदेश, प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र प्रदेश २, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

सोमबार देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र प्रदेश २, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बुलेटिनमा भनिएको छ, ‘देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ।’ वर्षादपछि देशैभरका नदीमा बहाव बढ्ने भएकाले नदि किनारमा नजान समेत आग्रह गरिएको छ। साभार

चर्चामा

सम्बन्धित समाचार