बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सदरमुकाम जोड्ने सडक भत्कीदा तोडीयो सम्बन्ध

सदरमुकाम जोड्ने सडक भत्कीदा तोडीयो सम्बन्ध

तीन बर्ष देखी लगतार भत्कदा खोजिदैन बैकल्पीक उपाए

  • शुक्रबार, असार २६, २०७७
सदरमुकाम जोड्ने सडक भत्कीदा तोडीयो सम्बन्ध
बुढिगंगा नगरपालिकाको बल्देमा भासीएको साफे मार्तडी सकड

पदमबहादुर सिंह–   जिल्ला सदरमुकाम जोड्ने मुख्य सडकारुपमा रहेको साँफे-मार्तडी सडक बिगत तीन बर्ष देखी वर्ष याममा बन्द हुदै आएको छ । त्रिबेणी नगरपालिका ९ पैमाको पहिरोले बुढीगंगा नदिलाई सडक क्षेत्रमा धकेलिएपछि बुढीगंगा नगरपालिकालको बल्देदेखी बडिमालिका नगरपालिकाको सिमाना हरडे खोलासम्म सडक भत्कीदै आएको छ ।
सडक भत्कदा सदरमुकामा मार्तडीसंग स्थानिय तह लगाएत अन्य जिल्लासंगको सम्बन्ध तोडीएको छ । बर्षैनी भत्कदै आएको सडक सुचारुको लागि कतैबाट पहल नभएको बुढीगंगा नगरपालिकाका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए । तीन बर्ष देखी पानी पर्ने बित्तिकै सकड भासिहाल्छ बैकल्पीक सडकको लागि कतैबाट पहल नभएको वडा अध्यक्ष थापाले बताए ।  शिलान्यासको २२ वर्षपछि निर्माण सकिएको साँफे मार्तडी सडक बुढीगंगा नदीले सडक नै कटान गरी भासिन थालेपछि दीगो सञ्चालन मै समस्या देखिएको छ ।


सडक कालो पत्रेको काम सकिएको ३ वर्ष पनि पुगेको छैन् । अझै अधिकांश स्थानमा कालापत्रे नै गरिएको छैन् । कालो पत्रे गरेकै वर्षपनि पहिरोका कारण बर्षादमा सडक अवरुद्ध बनेको थियो । अघिल्लो वर्षदेखि नै पहिरो जाने र सडक बन्द हुने श्रृखला चलिरहेको छ ।  यो वर्षपनि असार दोस्रो साताबाटै पहिरो जान र सडक अवरुद्ध भएको छ । बिहिबार देखि पूणर् रुपमा सडक बन्द भएको छ । द्धारीक्षेत्रको पूरै सडक भासिएकोले लामो समयसम्म सडक बन्द हुने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताए ।
सडकमा यातायातका साधान नै सञ्चालन गर्न नमिल्ने गरी सडक भासिएको भट्टराईले बताएका छन् । प्रहरी टोली नै खटिएर मान्छेको आवत जावत समेत नगर्न भनिएको छ । आवत जावतमा समस्या संगै सबै भन्दा बढि बिरामीहरुलाई समस्या हुने भएको प्रहरी प्रमुख भट्टराईले बताए । एक गाउँ देखी अर्को गाउँ सम्मको सम्बन्ध संगै अन्य स्थानीय तहबाट जिल्ला अस्पताल आउने बिरामीहरुका लागि निकै समस्या हुने भएको उनको भनाई रहेको छ ।


सर्बसाधारणले अम्कोटको जंगल क्षेत्रलाई छिचोल्दै यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । माथिबाट पहिरो र तलबाट बुढीगंगा नदीको कटान जारी छ । यो समस्या तीन वर्षदेखि चलिएको भएपनि सरोकारवाला निकाय जिम्मेवार देखिएका छैनन् ।अम्कोट, द्धारी र मलाती क्षेत्रको दुई किलोमिटर बढी सडक नै पहिरोको उच्च जोखिममा रहेको सडक डिभिजन कार्यालय साँफे बगरले बताएको छ । पैमाको पहिरो र बुढीगंगा नदीको कटानले सडक नै उच्च जोखिममा परेको हो । सडक डिभिजन कार्यालयको टोलीले समेत सडकको अवस्थाबारे जानकारी लिएको छ, भने जिल्ला प्रशासन कार्यालयले समेत जानकारी लिएर सम्बन्धीत निकायलाई खबर गरिसकेको बताएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए ।
जनप्रतिनिधी सहीतको टोली समेत अवस्थाबारे जानकारी लिने र फर्किनेमा ठिक्क भएको आरोप सर्वसाधारणको छ । विहिबार मात्र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह नेतृत्वको टोलीले अवस्था बारे जानकारी लिएको छ ।
साँफे मार्तडी सडक अन्र्तगत द्धारी क्षेत्र भरपर्दो नभएको प्राविधिकहरुले बताउने गरेका छन् । कम खर्चिलो हुने गरी नदीको छेउमा सडक बनाईएको हुँदा सडक कमजोर भएको प्राविधीकहरुको बुझाई छ ।
शिलान्यासको २४ वर्षसम्म पनि बाजुरा बासीले सास्ती भोग्दै आएका छन् । कुनै बर्खामा ढुक्क साथ सडक सञ्चालन भएको छैन् । साफे मार्तडी ५७ किलोमिटर सडक निर्माण मै करिब पौनै २ अर्व बजेट खर्च भईसकेको छ । पहाडी क्षेत्रमा प्रति किलोमिटर ४ करोड बजेट कालोपत्रेसम्म खर्च हुने गरेको छ ।


सडक बन्द भएसंगै आवत जावत मात्र रोकिने नभई दैनिक उपभोग्य समान ढुवानीमा समस्या हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालयले यसबारे प्रक्रिया सुरुवाद गर्न सम्बन्धीत निकायमा खबर गरिसकेको बताएको छ । तत्काल विकल्पको मार्ग निर्माणका लागि सडक डिभिजन कार्यालयलाई जानकारी गराईसकिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । तर सिंगो जमिन नै पहिरोले भासिएकोले तत्कालका लागि पनि विकल्प खोजि गर्न मुस्कील देखिएको सडक डिभिजन कार्यालयका प्रमुख ललिजन खनालले बताए । फागुन महिना देखी यो सडकको लागि बैकल्पीक मार्ग बनाउन पहल गरिरहेको भएपनि सघ प्रदेश सरकार कसैले पनि वास्था नगरेको खनालले बताए ।
अम्कोट गाउ पूरै जोखिममा त्रिबेणी नगरपालिका ९ पैमाको पहिरोले बुढीगंगा नदिलाई बुढीगंगा नगरपालिका तीर धकेलेपछि साफे मार्तडी सडक खण्डको बल्दे देखी बडिमालिका नगरपालिकाको हरडे खोलासम्मको सडक भासिएसंगै बुढीगंगा नगरपालिका १ अमकोट गाउ नै पहिरोको उच्च जोखिममा रहेको छ ।


सडक नजिकै ८ परिवारका घर अघिल्लो बर्ष पहिरोले लगेपछि ती परिवार अन्यन्त्र आफन्तकोमा बस्दै आए छन । पहिरो अम्कोट गाउ नजिकै पुगिसकेको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए ।
खेति योग्य जमिन सबै पहिरोले लगिसक्यो अब घर मात्र बाँकी छन कति खेर लग्ने हो थाहा छैन अमकोटका स्थानीयले बताए । रात दिन घर मुनी गड्याङ गुडुङ हुन्छ बर्षा सुरुभएसंगै राम्ररी सुत्नै पाएका छैनौ अमकोटका स्थानिय टिकाराम पाध्यायले बताए ।
तलबाट पहिरोले सडक भत्काउदै आयो डोजरले लगाएको खेति उखेल्दै खेतियोग्य जमिनमा सडक बनाउदै आयौ जमिन पनि पुरै सकीयो पहिरो घर नजिकै पुगिसक्यो कुन दिन घरै जाने हो पाध्यायले बताए । बस्ति सार्न र सडकको लागि कुनै निकायबाट पहल नभएको उनले बताए ।


सडक पहिरोले भासिएसँगै घरपनि जोखिममा परेको छ । सडक छेउमा रहेका नन्दकृष्ण पाध्याय, मनिराम पाध्याय, टिकाराम पाध्याय, लीला पाध्याय, हिरा पाध्याय, धौल्या पाध्याय र लाल पाध्यायको परिवार अघिल्लो बर्ष देखी आफन्तकोमा बस्दै आएका छन् । उनीहरुको बस्ती नजिकै पहिरो बग्न थालेपछि छोडेर अन्यन्त्र गएका हुन् । पहिरोकै कारण अम्कोट, बल्दे, मलाती सहीतका डेढ सय बढी घर जोखिममा परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार