अहिले सरकार ढाल्ने बिचार खराब हो,
अंग्रेज हरुलाई पाल्ने बिचार खराब हो।
छिमेक को हश्तक्षेप बिरुद्ध लडिरहँदा,
आफ्नैले तिग्रा गाल्ने बिचार खराब हो।
एक ढिक्का बन त्यसैमा फाईदा हुँनेछ,
चल्दो सरकार फाल्ने बिचार खराब हो।
फाल्नै छ एम सी सी र संघियता फाल,
अर्कैको लागि चाल्ने बिचार खराब हो।
मिलेर बढौ देश र जनताकै हितमा सबै,
यही खुट्टा तान्न थाल्ने बिचार खराब हो।
देशलाई शान्ति सुब्यबस्था चाहिकै बेला,
सदन भित्र राँको बाल्ने बिचार खराब हो।
सुरेशकुमार पान्डे।०१-०७-२०२०,