शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार २४

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार २४

  • आइतवार, असार ७, २०७७
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार २४

सुदुरपश्चिम प्रदेशमा कोराना संक्रमितको संख्या एक हजार २४ पुगेको छ। आइतबार ७६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या थपिएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आइतबार कैलालीका मात्रै ३२ जनामा कोरोना पुष्टि भएको बताए। यस्तै डोटीमा २१, डडेल्धुरामा १६, कञ्चनपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बाजुरा र बैतडीका थप दुई/दुई जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए। आइतबार काठमाडाैंमा भएको परीक्षणमा ३३ जना र धनगढीमा भएको परीक्षणमा थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुराका तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।

सुदुरपश्चिममा सबैभन्दा बढी कैलालीमा दुई सय ६१ जना संक्रमित फेला परेका छन् । यस्तै डडेल्धुरामा एक सय ८६, बैतडीमा एक सय ४२, डोटीमा एक सय ५४, कञ्चनपुरमा एक सय, अछामका ७६, बाजुरामा ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेशमा कोरोना संक्रमित पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ३४ जना डिस्चार्ज भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार