गजल मा तिम्रो स्वर मिलाएर न्याय गर,
मुटुको कुनामा आई बिलाएर न्याय गर।
समाज भित्र बिषालु झार पात सर्वत्रैछ,
हामिहरु मिली त्यो जिलाएर न्याय गर।
दुनियाँकै लागि साम्राज्यवाद आतङक,
उसैको किल्ला लाई हिलाएर न्याय गर।
एकता बिना कहिले हुँनेछैन जीत हाम्रो,
जातिले फाट्यो मन सिलाएर न्याय गर।
एउटै शन्तान पनि फुटेर कँहा हुँन्छ हामी,
बर्गिया खुराक लाई खिलाएर न्याय गर।
छाडौँ कपालको बोक्रा केलाउँन अब ता,
बर्गमुक्तिकै अमृतरश पिलाएर न्याय गर।
सुरेशकुमार पान्डे।२१-०६-२०२०,