सुरेशकुमार पान्डे– असमानता को बिरुद्धमा आवाज उठाउँनु पर्छ,छुवाछुत हाम्रो समाजमा रहेको कलंक हो,जातिय आधारमा बिभेद गर्ने कुप्रथाको अनत्य गर्नु पर्छ।नौलो जनवादी क्रान्ति जिन्दावाद!तररररर तालि बज्छ। नौलो जनवादी क्राति जिन्दावाद!जिन्दावाद!हाउसमा नाराहरु घन्किन्छन।
मानौँ यहाँको दृश्य ले क्रान्तिको शंखनाथ गर्दै थियो।हाउसमा बसेका बिभिन्न जिल्ला का र सयौँ जातिको प्रतिनिधित्व भयको हुँनसक्छ।मुकन्दको भाषणले होल मा बसेका युवाहरुलाई प्रभाबित पारेकै थियो मणिपनि यो भाषन लाई सुन्दा बिच बिचमा जोसिलो भयर तालि पिट्दै थियो। मणिले जातिहरु भयपनि जातिय आधारमा गरिने सामाजिक बिभेद र छुवाछुत लाई गलत ठान्द थ्यो।
उ पेसाले बाहुँन जातकै थियो।घरमा भयका आमा बा भने कटर बाहुन वादी सँस्कारका थिए। जातिय बिभेद र छुवाछुत मा मणिका बा बा अलि थोरै तर आमा भने कसेले पनि छोएको पानी समेत पिउँनु हुँदैन थ्यो।बरु मणिले आमा आज भोलि यस्ता जातिय छुवाछुत गलतहो आखिर हामि सबै मानिश ता हौँ भनेर सम्झाउँदा,बुद्धि भुट्टेको पाखन्डि आफ्नो रिति थिथीमा रहनु पर्छ सदियौँ देखुन चल्दै आएको तैँ पाजिले भनेर हुँन्छ!भन्दै उल्टै मणिलाई झपार्दै सम्झाउँनु हुँन्थ्यो।त्यसैले मणिले झ्यास्सै आफुले गर्न नसक्ने ब्यबहारमा उतार्न नसक्ने कुरा बोल्दैन थ्यो।उजातिनै हुँनु हुँदैन भन्नेमा होईन बरु जातिय आधारमा बिभेद गर्नु हुँदैन भन्नेमा बिस्वाश राख्थ्यो।
के हि बर्ष पहिले मणिका बा बित्दा अरुले झैँ सँस्कार नगर्दा गाउँमा उ एक्लो परेको र घरका भाई हरुलेपनि खासै रुचाउँदैनथिए।आमाले त रोएर अब मेरो काज कृया पनि गर्दैन भनेर मणिलाई कु पुत्र हो यो भन्दै सराप्दै गर्नु हुँन्थ्यो। जीवन भरी मणिले जनै समेतको बहिस्कार गर्यो उस्लाई समाजले जे भनेपनि सच्चाई जे हो त्यहि गर्ने पर्या बनि बसेको थियो।अरुले के भन्लान भनेर देखाउँन भयपनि गरिने ब्यबहारलाई उस्ले गलत ठान्द थ्यो।त्यसैले उस्लाई समाजमा खासै रुचाउँदैनथे।कसै-कसैले ता हावा खुस्केको समेत भन्दथे। आज मुकन्दको जोसिलो भाषन सुन्दा मणि खुसि हुन्छ।उस्लाई आफु एक्लो नभयको आफु जस्तै साथिहरु अरुपनि भयको महेशुर्ष हुँन्छ।होलमा दरि बिच्छाएर सयौँको सँख्यामा मान्छेहरु बसेका थिए।कार्याक्रमको बिच बिचमा सँस्कृतीक टोलिले राम्रा प्रगतिशिल गित र नृत्याहरु पस्केका थिए।यो दृस्यले भर्खरै देशमा क्राति हुँन्छ जस्तो भान हुँन्थ्यो।
वास्तबमा समाजभित्रको जातिय र धार्मिक बिभेद कै कार्ण बर्गिय एकता हुँन नसकेर देशमा क्रान्तिकारीहरु को जमात भयपनि नौलो जनवादी क्राति सम्पन्न हुँन नसकेको मणिलाई पनि लाग्थ्यो। एकदिन अचानक रेशमको आँमा बिमारी भयको शुनेपछि बिष्नु र मणि भयर उन्लाई भेट गर्न भन्दै होष्पिटलमा पुगे।रेशमले साथिहरु भेट्न आएको देखेपछि सोध्दै नसोधि चिया अडर दिएछन।उनको श्रिमतिले चिया नपिउँने भयर होला उन्लाई छुट्टै दुध मगाएका थिए।सबै बाहिर बैञ्चमा बसेर चिया पिउँदै हाल चाल सोध्दै थिए।उन्को आमालाई दमाको बिमार ता थियोनै हिँजो देखि पखाला लागेछ र होस्पिटल ल्याएको बताए।रेशमकी श्रीमतिले कुर्चिमा बसेर चिया पिउँदै थिईन कता कता खेल्दा खेल्दै बिष्नुको स्यानो बाबुले उनको कुर्चिलाई छोपेको थियो।
उनि एक्कासि जुरुक्कै उठेर मुखभरीको दुध थुकिन र गिलासमा बचेको दुधपनि घोप्टाईन।मणिले सोच्यो साहिद माखा परेको होला दुधमा।के भयो बैनी माखा पर्यो की?मणिले आश्चार्य हुँदै सध्यो।उनिता केहि बोलिनन्।होईन यँहाले कसैले छोएको नखाने भयर बाबुले कुर्चि छोयो भनेर!नजिकै बसेकी उन्को नन्दले भनिन्।बिष्णुले मणि तिर पिर्लुकै हेर्दै आफ्नो बाबुलाई यँहा आईज भनेर अलि चर्के।बाबु आयो,बिष्नु परियार थिए भने रेशका परिवार बिक थिए।मणिलाई थाहा थिएन आखिर बिकले परियारले छोएको पनि चल्दैन उस्को मनमा अनेकौँ बिचार आउँछन।बिष्नु आफ्नो बाबुलाई लिएर केहि नबोली हिँड्छ।मणिले जातिय छुवा छुत कसरी अन्त हुँन्छ यो चालाले आखिर त्यो स्यानो मुस्किलले पाँच बर्षको बालख जस्लाई आफ्नो जाति के हो भन्ने बारे थाहाछैन,त्यसको कमलो मनसपटलमा कस्तो बिचार भरिएला।छि-छि यो समाज भन्दै मनमनै कुरा खेलाउँदै थिए,डाक्टर भाईर निष्किन्छन आमा ठिक हुँनु हुँन्छ मैले अहिले फेरी एक बोतल गुलुकोस चडाई दिएकोछुँ भन्छन।उन्ले आफ्नो बेचमा “डा.मोहनलाल सार्कि”लेखेर टाँसेका थिए।
आखिर के फरक छ मोहनलाल सार्कि र त्यो स्यानो बाबु कामिको छोरामा?मात्रै अशिक्षाको चौघेरा बाहेक?मणिलाई समाज भित्रको छुवा छुतमा संस्कार भन्दापनि शिक्षाको कमि देख्दै यसलाई जरै बाट ओखेल्न शिक्षित हुँनुपर्ने रैछ!भन्दै भित्र भित्रै मन मन्थन गर्छ।२१-०६-२०२०, (यो छोँटो कथा काल्पनिक हो जस्का पात्र,नाम र ब्यबहार कसैको निजि जिवन सँग मेल खायो भने मात्र सयोँग हुँनेछ।लेखक!यसबाट कसैको मन मष्तिकमा ठेश पुगे म क्षामा प्राथि छुँ।)