शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कैलालीमा संक्रमितको संख्या २३६ पुग्यो

कैलालीमा संक्रमितको संख्या २३६ पुग्यो

  • आइतवार, असार ७, २०७७
कैलालीमा संक्रमितको संख्या २३६ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ जारी गर्दै दुई सय बढि एक्टिभ संक्रमण भएको जिल्लामा पूर्ण लकडाउन गर्ने भनेको छ। अन्य जिल्लामा लकडाउन खुकुलो भएपनि उक्त मापदण्ड अनुसार सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा पूर्ण लकडाउन छ।

सुदूरपश्चिममा प्रदेशको राजधानी मुकाम रहेको कैलालीमा पनि शनिबार सम्म दुई सय ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। ती मध्ये तीनजनाको संक्रमणका कारण मृत्यु भईसकेको छ भने सेती प्रादेशिक अस्पतालबाट चार जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन्। तर स्वास्थ्य मन्त्रालयले नै जारी गरेको नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएका ४६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यसमा चार जना बाहेक अरु सबै १४ दिनको आईसोलेसन बसाईपछि घर फर्किएका हुन्। यो तथ्याङ्कलाई हेर्दा कैलालीमा कोरोना संक्रमण पुष्टि भएका मध्ये चार जना दुई पटक रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भईसकेको छ। दुई सय २९ संक्रमित विभिन्न अस्पतालका आईसोलेसन र होम आईसोलेसनमा रहेका छन्।

यस्तो अवस्थामा के जिल्लामा पूर्ण रुपमा लकडाउन हुन्छ त ? कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा भने अहिले नै उक्त निर्णयमा नपुगेको बताउँछन्। प्रजिअ बोहराले स्थानीय स्तरमा नागरिकहरुबाट माग भई आएमा लकडाउनमा कडाई गर्नेतर्फ विचार गर्न सकिने दिनेश खबरलाई बताए।

उनले स्थानीय तहहरुले समेत आफ्नो क्षेत्रमा लकडाउन गर्न सक्ने भएकाले तत्काल पूर्ण लकडाउनको सम्भावना नरहेको प्रतिक्रिया दिए।

संक्रमितको पुनः परीक्षण नहुँदा अन्यौलता
सरकारले नयाँ निर्देशिका जारी गर्नु पहिले कोरोना संक्रमितको रिर्पोट लगातार दुई पटक नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिदै आएको थियो। तर पछिल्लो पटक जारी भएको निर्देशिकाले लक्षण नभएका संक्रमितलाई होम आईसोलेसनमै व्यवस्थापन गर्ने व्यवस्था गरेपछि धेरै संक्रमितको पुनः परीक्षण हुन सकेको छैन्।

पुनः परीक्षण नहुँदा संक्रमितको शरिरमा भाईरस सक्रिय छ की छैन् भन्ने कुरा पत्ता लगाउन नसक्दा एक्टिभ केसको पहिचान गर्न समस्या भएको छ। सेती प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले समेत संक्रमितको पुनः परीक्षण नगरी एक्टिभ भए/नभएको पहिचान गर्न नसकिने बताए।

तर कोरोना संक्रमण भएको दुई हप्ता सम्म भाईरस निकै सक्रिय हुने भएकाले उच्च जोखिमको अवधी १४ दिन भएको उनी बताउँछन्। १४ दिनपछि भाईरस कमजोर बन्ने तथा संक्रमित व्यक्तिले पनि अरुलाई सार्न नसक्ने अध्ययनले देखाएको उनले बताए।

तर संक्रमित व्यक्तिमा भाईरस सक्रिय भए÷नभएको कुरा थाहा पाउन पुनः पीसीआर परीक्षण गर्नुपर्ने डाक्टर कमरको सुझाव छ। गोदावरीमा पूर्ण लकडाउन

कैलालीको गोदावरी नगरपालिकाले भने नगर क्षेत्रमा पूर्ण लकडाउन गरेको छ। संक्रमणको जोखिम बढेको भन्दै नगरपालिकाले अर्को निर्णय नहुँदा सम्मका लागि पूर्ण लकडाउन जारी गरेको हो।

लकडाउनमा स्थानीय उद्योगी व्यापारीहरुले समेत बजार व्यवसाय बन्द गरेर सहयोग गरेका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा पनि जोखिम बढेको क्षेत्रमा यसरी नै पूर्ण लकडाउन गर्न सकिने बताउँछन्।

चर्चामा

सम्बन्धित समाचार