• होमपेज
  • समाचार
  • डिस्चार्ज भएका ७ जनामा पुन: कोरोना संक्रमण पुष्टि, होम क्वारेन्टिनमै बस्न आग्रह

डिस्चार्ज भएका ७ जनामा पुन: कोरोना संक्रमण पुष्टि, होम क्वारेन्टिनमै बस्न आग्रह

  • शुक्रबार, असार ५, २०७७
डिस्चार्ज भएका ७ जनामा पुन: कोरोना संक्रमण पुष्टि, होम क्वारेन्टिनमै बस्न आग्रह

पश्चिम नवलपरासीमा डिस्चार्ज भएका ७ जनामा पुनः कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्ही स्वास्थय केन्द्रको आइसोलेशनबाट डिस्चार्ज भएका ९ जना मध्ये ७ जनामा पुनः कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइसोलेशनमा बसेर १४ दिन पुरा गरेको र कुनै लक्षण नभेटिएका उनीहरुमा कोरोना पोजेटिभ देखिएका मध्ये बिहीवार ७ र आज शुक्रबार २ जना घर पठाइएको थियो । तर ती मध्ये ७ जनामा पनुः कोरोना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

आइसोलेनमा बसेर १४ दिन पुरा गरेपछि उनीहरुको पुनः पिसिआर परिक्षणका लागि स्वाब नुमना संकलन गरि परिक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट आउन ढिलोभएपछि उनीहरुलाई हिजो र आज स–सम्मान घर पठाइएको थियो ।

उनीहरुलाई घर पठाइएपछि मात्र आज दिउँसो उनीहरु मध्ये ७ जनाको रिपार्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

पुनः कोरोना पोजेटिभ देखिएका सातै जना पाल्हीनन्दन गाउँपालिकाकै बासिन्दा हुन् । उनीहरु भारतबाट आएका थिए । उनीहरुलाई क्वारेन्टिनमा राखि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेशनमा राखिएका थिए ।

पुनः कोरोना पोजेटिभ देखिएका ७ जना मध्ये गाउँपालिकाको वडा १ का २ जना ३ का १ जना, ४ का १ जना र ६ का ३ जना रहेको र सबै पुरुष रहेको पिएसी आइसोलेसन केन्द्रले जनाएको छ ।

उनीहरुमा लक्ष्ण नदेखिएकाले उनीहरुलाई होम क्वारेन्टिनमै बस्न आग्रह गरिएको छ । उनीहरुको नियमित निगरानी गरिने र ती मध्ये कसैलाई लक्षण देखिएमा उनीहरुलाई तत्काल कोरोना अस्पताल लैजाने स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका सोही गाउँपालिकाका अर्का एक जनामा पोजेटिभ देखिको छ । क्वारेन्टिनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्रयाक ट्रेसिङ्गका क्रममा उनको स्वाब संकलन गरिएको थियो ।

उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको पनि कन्ट्रयाक ट्रेसिङ्ग गरिने छ । संक्रमण देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार