गजल!
मैनौ राख्छ भेडा बाख्रा ठहर अनि पोजेटिभ भन्छ,
हुक्क भएर जान थाल्छन घर अनि पोजेटिभ भन्छ।
सरकार को कम्जोरी ले देश रोगि हुँन थाल्यो आज,
खोलेन निरोगिहरु लाई बोडर अनि पोजेटिभ भन्छ।
कसैको नियमित चेक जाँच छैन न समय मा रीपोर्ट,
मन मष्तिकमा पर्ने गरी असर अनि पोजेटिभ भन्छ।
पहिले भन्यो सबै नेगेटिभ छन चिन्ता नमानी ढुक्क,
अहिले कस्को मान्ने भनत भर अनि पोजेटिभ भन्छ।
राखेको छ पशु जस्तै चेक जाँच छैन कुनै उपचार नी,
कुनदिन कोरोनाकै तिरौँछ कर अनि पोजेटिभ भन्छ।
जिउँदाको छैन रिपोर्ट न कसैको हुँन्छ उपचार देशमा,
कुनैदिन निरोगीहरु जान्छन मर अनि पोजेटिभ भन्छ।
सुरेशकुमार पान्डे१५-०६-२०२०,