बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा १८८६ जना कोरोनाका सम्भावित संक्रमितको परीक्षण हुन बाँकी

सुदूरपश्चिममा १८८६ जना कोरोनाका सम्भावित संक्रमितको परीक्षण हुन बाँकी

  • आइतवार, जेष्ठ ३२, २०७७
सुदूरपश्चिममा १८८६ जना कोरोनाका सम्भावित संक्रमितको परीक्षण हुन बाँकी

धनगढी — सुदूरपश्चिम प्रदेशमा झण्डै १९ सय जना कोरोना सम्भावित संक्रमितको परीक्षण हुन बाँकी रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयल डोटीका अनुसार शनिबार सम्म संकलन भएका एक हजारर ८ सय ८६ नमूनाको परीक्षण हुन बाँकी रहेको हो।

प्रदेशका नौ वटै जिल्लाबाट संकलन भएका ती नमूना परीक्षणको पर्खाइमा रहेका हुन्। प्रदेशमा सम्भावित संक्रमितको नमूना संकलनको काम भइरहेपनि एउटा मात्र प्रयोगशाला हुँदा ढिलाई भइरहेको हो।

प्रदेश सरकारले धनगढी सहित डोटी र बैतडीमा सञ्चालनमा ल्याउने भनिएको प्रयोगशालाका लागि उपकरण खरिदको प्रक्रिया थालिएको जनाएको छ भने संघिय सरकारले सुदूरपश्चिमका लागि थप तीनवटा पीसीआर मेसिन पठाउने चर्चा चलेपनि अहिले सम्म आएको छैन्।

धनगढी प्रयोगशालाबाट अहिले दैनिक झण्डै दुई सय ५० नमुना परीक्षण भईरहेको छ तर रिर्पोट पोजेटिभ देखिए पुनः परीक्षण गर्नुपर्ने भएकाले त्यो अनुपातमा समेत परीक्षण गर्न नसकिने प्रयोगशालाले बताउँदै आएको छ।

अहिले विभिन्न जिल्लाबाट संकलीत नमूनालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालामा राखिएको छ। सुदूरपश्चिममा हाल सम्म आठ हजार ६ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ।

उनीहरु मध्ये दुई सय ५२ जनामा संक्रमण पुष्टि भएको छ भने तीन जना संक्रमित प्रदेश बाहिरका प्रयोगशालामा परीक्षण गर्दा भेटिएका थिए।

दिनेश खवर

चर्चामा

सम्बन्धित समाचार