बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डडेल्धुराका निको नहुँदै पाँच कोरोना संक्रमितलाई घर पठाइयो

डडेल्धुराका निको नहुँदै पाँच कोरोना संक्रमितलाई घर पठाइयो

  • शनिबार, जेष्ठ ३१, २०७७
डडेल्धुराका निको नहुँदै पाँच कोरोना संक्रमितलाई घर पठाइयो

डडेल्धुरा: निको नभइकन डडेल्धुराका पाँच कोरोना संक्रमितलाई घर पठाइएको छ। १४ सम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार उनीहलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

शनिबार जिल्लाकोे गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षीय पुरुष र १७ वर्षीय युवक, सोही गाउँपालिका २ का १९ वर्षीय युवक २५ र ५७ वर्षीय पुरुषलाई होम क्वारेन्टाइनमा बस्ने गरी र पठाइएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। उनीहरुलाई डडेल्धुरा सदरमुकामस्थित अपि अस्पतालमा राखिएको थियो।

जेठ ९ र १० गते भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई सुरुमा कोरोना पोजेटिभ देखिएको थियो। शनिबार पाँच जना डिस्चार्ज भएसँगै डडेल्धुरामा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार