बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • लक्षण नदेखिएपछि डोटीका कोरोना संक्रमितलाई घर पठाइयो

लक्षण नदेखिएपछि डोटीका कोरोना संक्रमितलाई घर पठाइयो

  • बिहिबार, जेष्ठ २९, २०७७
लक्षण नदेखिएपछि डोटीका कोरोना संक्रमितलाई घर पठाइयो

डोटीका कोरोना संक्रमितलाई आस्पतालबाट डिस्चार्ज गरिएको छ। डोटी अस्पतालको आइसोलेसनमा रहेका शिखर नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय युवकलाई अस्पतालले डिस्चार्ज गरेको हो।

कोरोनाको लक्षण नदेखिएकालाई होम क्वारेन्टिनमा राख्नेगरि अस्पतालबाट डिस्चार्ज गर्ने राष्ट्रिय निर्देशिका अनुसार उनलाई घर पठाएको डोटी अस्पतालका मेसु डा ज्योती पाण्डेयले बताइन्।  उनमा १४ दिनसम्म कुनैपनि लक्षण नदेखिएपछि सात दिन होम क्वारेन्टिनमा बस्नुपर्ने गरी डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

अब डोटी अस्पतालको आइसोलेसनमा दुई जनाको उपचार भइरहेको छ। उनीहरुमा पनि लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको मेसु पाण्डेयले बताइन्।

चर्चामा

सम्बन्धित समाचार