• होमपेज
  • समाज
  • अनेरास्ववियूका नेता प्रकाश रावलद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

अनेरास्ववियूका नेता प्रकाश रावलद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

  • बुधबार, जेष्ठ २८, २०७७
अनेरास्ववियूका नेता प्रकाश रावलद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

अछाम– अछाम जिल्लाकाे  पञ्चदेवल बिनायक नगरपालिकामा अनेरास्ववियूका नेता प्रकाश रावल र स्वास्थ्यकर्मी समाजेसवी डम्बरबहादुर रावलले सुरक्षाकर्मीलाई स्वास्थ्य साम्रगी हस्तान्तरण गरेका छन् । उहाँहरुले स्थानीय स्वास्थ्य चौकी, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन।

उनले पन्चदेवल नगरपािलका ७ नम्बर वडाका अध्यक्ष गोबिन्द बहादुर रावल र स्वास्थ चौकी इन्चार्ज पंखराज संज्याल तथा सुरक्षाकर्मीलाई एक हजार पाँच सय थान सर्जिकल मास्क, तीन सेट पिपिई र एक थान थर्मल गन हस्तान्तरण गरेकाे पंचदेवल नगरपालिका वडा न ७ का वडा अध्यक्ष गाेिबन्द्र बहादुर रावलले बताए ।

साथै अन्य स्वास्थ्य साम्रगी समेत हस्तान्तरण गरिएको अनेरावस्वबियु नेता रावलले जानकारी दिएका छन् । सिर्जनशिल युवा क्लब र  स्वास्थ्य कर्मी समाज सेवी डम्बरबहादुर रावलले सयुक्त रुपमा उक्त सम्मान सो वडाका अध्यक्ष गोबिन्द बहादुर रावल र स्वास्थ चौकीका इन्चार्ज र सुरक्षाकर्मिलाई हस्तान्तरण गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार