बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • देश
  • अछामकी गर्भवतीमा कोरोना पुष्टि , कोहलपुरमा उपचार हुँदै

अछामकी गर्भवतीमा कोरोना पुष्टि , कोहलपुरमा उपचार हुँदै

  • मङ्लबार, जेष्ठ २७, २०७७
अछामकी गर्भवतीमा कोरोना पुष्टि , कोहलपुरमा उपचार हुँदै

अछामबाट हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि कोहलपुर पुगाएकी एक गर्भवतीमा कोरोना पुष्टि भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा कोरोना पुष्टी भएको हो।

भारतबाट आएर ११ दिनदेखि क्वारेन्टाइनमा रहेकी गर्भवती महिलामा स्वास्थ्य समस्या देखिएपछि सोमवार उद्धार गरी कोहलपुर मेडिकल कलेज पठाईएको थियो। उनको कोहलपुरमा भएको परिक्षणका क्रममा कोरोना रिर्पोट पोजेटिभ आएको बताउँदै जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले भने, ‘ति महिलाको उपचार भईरहेको कोहलपुर मेडिकल कलेजमा सुरक्षा सतर्कता बढाइएको छ। एपचारको व्यवस्था पनि मिलाईसकेका छौ।’

चर्चामा

सम्बन्धित समाचार