काठमाडौं– चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालको आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८ वर्षिय पुरुषको ाज बिहान ७ बजेर पाँच मिनेट जाँदा मृत्यु भएको हो ।
नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको र उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। नेपालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।