बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • क्वारेन्टाइनमा मृत्यु भएका युवकले मलामी पाएनन

क्वारेन्टाइनमा मृत्यु भएका युवकले मलामी पाएनन

  • सोमवार, जेष्ठ २६, २०७७
क्वारेन्टाइनमा मृत्यु भएका युवकले मलामी पाएनन

विनोद सिंह विष्ट– बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएका युवकको दासंसकारका लागि मलामी जानेहरुलार्ई आइसोलेसनमा राखिएको छ। पाटन नगरपालिका ६ स्थित भिमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा मृत्यु भएका स्थानीय ३० बर्षीय युवकको दाहसंस्कार गर्न मलामी जाने ६ जनालाई आइसोलेसनमा राखिएको हो ।
क्वारेन्टाइनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नआउँदै दाहसंस्कार गरिएकोले मलामी जाने ६ जनालाई आइसोलेसनमा राखिएको पाटन नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। उनीहरुलाई पाटनस्थित शैक्षिक तालिम केन्द्रमा बनाईएको आइसोलेसनमा राखिएको छ । आएसोलेसनमा राखिएको सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
शनिवार भारतबाट फर्किएका ती युवक एक्कासी बेहोस भएका शनिवार राती नै मृत्यु भएको थियो । युवकको आइतबार क्वारेन्टाइनमै संगै बसेका आफन्तले दाहसंस्कार गरेका थिए । मृतकको रिपोर्ट नआउँदासम्म उनीहरुलाई आइसोलेसनमा राखिने उहाँले बताउनुभयो । रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनमा रहेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखि घर पठाइने र पोजेटिभ आए स्वाब संकलन गरि पिसिआर गरिने स्वास्थ्य शाखा प्रमुख महराको भनाई छ। यद्यपी मलामी जाने ६ जनाकै आरडिटी रिपोर्ट नेगेटिभ आईसकेको छ ।
मृतकको थ्रोट स्वाब संकलन गरि धनगढी प्रगोगशाला पठाईएको भएपनि रिपोर्ट आएको छैन् । यही २३ गते भारतको बेंग्लोरबाट आएका उनी कैलालीको गौरीफन्टा नाका हुँदै गाउँ पाटन पुगेका हुन् । शनिबार बिहान ११ बजेतरि मात्र क्वारेन्टाइनमा बसेका उनी बेलुका ६ बजे एक्कासि बसेकै स्थानमा बेहोस भएका थिए । उपचारका लागि नजिकै रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएपनि ती युवकको राति साढे ८ बजेतिर मृत्यु भएको थियोे । परिवार सदस्यहरुले दाहसंस्कारका लागि कर गरेपछि दाहसंस्कारका लागि शव दिइएको थियो ।
यता बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने आवश्यक कानुनी प्रक्रिया र सुरक्षा सतर्कता अपनाएर मृतकको दाहसंस्कार गरिएको बताए ।रेडियाे निङ्गलाशैनि

चर्चामा

सम्बन्धित समाचार