बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कैलालीमा संक्रमितको संख्या ४७ पुग्यो, एक जनाको मृत्यु

कैलालीमा संक्रमितको संख्या ४७ पुग्यो, एक जनाको मृत्यु

  • आइतवार, जेष्ठ २५, २०७७
कैलालीमा संक्रमितको संख्या ४७ पुग्यो, एक जनाको मृत्यु

धनगढी — आइतबार कैलालीको गौरीगंगा नगरपालिका ११ मसुरियाका ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा संक्रमितको संख्या ४७ पुगेको छ। सुदूरपश्चिममै सबैभन्दा बढि संक्रमित कैलालीमै रहेका छन्।

शनिवार जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। गोदावरीका एक जनप्रतिनिधि, धनगढीकी ५५ बर्षीय मृतक महिला र गौरीगंगाका चार जना पुरषमा शनिबार कोरोना पुष्टि भएको थियो।

कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा २० जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै धनगढी उप–महानगरपालिकामा ९ जना, जानकी गाउँपालिकामा ८ जना, टीकापुर नगरपालिकामा ४ जना, लम्कीचुहा नगरपालिका २ जना, भजनी नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा एकरएक जना कोरोना संक्रमित भेटिएका छन्।

संक्रमित मध्ये हाल सम्म नौँ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। प्रदेशकै पहिलो पटक चैत १४ गते कोरोना संक्रमण देखिएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ वर्षीय युवक र बैशाख १ गते संक्रमण पुष्टि भएकी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६१ वर्षीय महिला कोरोनाई जितेर घर फर्किसकेका छन्।

जानकी गाउँपालिकाका ५ जना पनि कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। अन्यको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धीत क्वारेन्टाइनमै राखेर उपचार भइरहेको छ।

धनगढीकी ५५ बर्षीय संक्रमितको मृत्यु भइसकेको छ। धनगढीका दुई संक्रमित भने क्वारेन्टिनमै छन्। कैलालीपछि अछामका १५, कञ्चनपुरमा १३, डोटीका १०, डडेल्धुरा र बझाङमा ७÷७, बैतडीमा ६, बाजुराका तीन र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ।

चर्चामा

सम्बन्धित समाचार