• होमपेज
  • कला /साहित्य
  • धनले पैसा तान्ने तरिका धनिलाई थाछ

धनले पैसा तान्ने तरिका धनिलाई थाछ

  • मङ्लबार, जेष्ठ १३, २०७७
सेयर गर्नुहोस् :
धनले पैसा तान्ने तरिका धनिलाई थाछ

गरीब जनता लाई दलेर धनमान भए,
उन्कै पसिना बाट पलेर धनमान भए।

जन्मिदा त उनैपनि नाङ्गै जन्मेका हुँन,
मज्दुरलाई सदियौँ छलेर धनमान भए।

फैलाए स्वर्ग नर्क पाप र पुन्यका कथा,
अनि गरिब त्यसैमा गलेर धनमान भए।

धनले पैसा तान्ने तरिका धनिलाई थाछ,
ब्याजको स्याज नि फलेर धनमान भए।

खोल्छन राजनीति भुटे बुद्धि जनताको,
छिमेकमा लमपसार ढलेर धनमान भए।

कसै कसैले ता चुनावमा जितेपछि सदै,
छिमेकिको ईसारामै चलेर धनमान भए।

ढिड भए राष्ट्र घाति जन घाति देश भित्र,
जन लावामै सदियौँ जलेर धनमान भए।
सुरेशकुमार पान्डे।२६-५-२०२०,

चर्चामा

सम्बन्धित समाचार