• होमपेज
  • समाज
  • सांसद थापाले काठमाडाैमा विद्यार्थीलाइ खाद्यन्न सहयोग

सांसद थापाले काठमाडाैमा विद्यार्थीलाइ खाद्यन्न सहयोग

  • शनिबार, बैशाख २७, २०७७
सांसद थापाले काठमाडाैमा विद्यार्थीलाइ खाद्यन्न सहयोग

प्रतिनिधी सभा सदस्य तथा नेकपाका केन्द्रिय सदस्य लालबहादुर थापाको पहलमा काठमाडौंमा बस्ने विद्यार्थीलाई राहत वितरण गरेका छन् । बाजुराबाट अध्ययन र कामको शिलशिलामा काठमाडौंमा बस्दै आएका ६९ जनालाई थापाले कोठामै पुगेर राहत वितरण गरेका हुन् ।

सांसद थापाले लकडाउनको समयमा भोग्नु परेको समस्या बारे जानकारी लिनुका साथै प्रति व्यक्ति १० केजी चामल सहीत अन्य खाद्यन्न सहयोग गरेको विद्यार्थी नेता गोपाल खड्काले जानकारी दिएका छन् । गाडीमा खाद्यन्न बोकेर थापा सहीत अनेरास्ववियुका नेता नरेश रोकाया, गोपाल खड्का, कृष्ण खड्का सहीतको टोली विद्यार्थीको कोठामा पुगेका थिए । जिल्लाका अति दुर्गम बिच्छ्या, रुगीनबाट आएका विद्यार्थीलाई लक्षिग गरेर राहत उपलब्ध गराएको विद्यार्थी नेता नरेश रोकायाले बताएका छन् ।

राहत काठमाडौंको सुकेधारा, बुढानिलकण्ठ, बसपार्क, थानकोट क्षेत्रमा बसोबास गर्ने विद्यार्थीलाई वितरण गरिएको छ । हिमाली गाउँपालिकाका बिच्छ्या, बोल्डीक, बडिमालिका नगरपालिकाको जिल्ली,  कोर्ध, रजाली लगायत हिमाली, खप्तड छेडेदह गाउँपालिकाबाट काठमाडौंमा बस्दै आएका विद्यार्थीलाई सहयोग गरिएको छ । सम्पर्कमा आएका र समस्या बढी भएकालाई व्यक्तिगत रुपमा सहयोग गरिएको सांसद थापाले बताएका छन् । स्थानीय तहले पनि वितरण गरिरहेका अवस्था छ, त्यो समेतले अपुग भएको खण्डमा खाद्यन्न अभावकै कारण समस्यामा पर्न नदिने गरी प्रयास गर्ने नेकपा केन्द्रीय सदस्य समेत रहेका लालबहादुर थापाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार