• होमपेज
  • बाजुरा बिशेष
  • कोबिड १९ सकंट ब्यबस्थापन समितिले गर्यो यस्ता निर्णय

कोबिड १९ सकंट ब्यबस्थापन समितिले गर्यो यस्ता निर्णय

  • आइतवार, बैशाख १४, २०७७
कोबिड १९ सकंट ब्यबस्थापन समितिले गर्यो यस्ता निर्णय

बाजुरा — बाजुरा जिल्लाको कोबिड १९ संकट ब्यबस्थापन समितिको बैठक आज बसेको छ । नियमीत बैठक अन्तरगत प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षतामा सो बैठक बसेको हो ।
कोबिट १९ को रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारी न्यौपानेको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निणर्य गरेको बताएको छ । जसमा जिल्ला समन्वय समितिको समिक्षालय हलमा बनाएको आइसोलेशनको थप सुधारका लागि महिला कक्ष र पुरुष कक्षको ब्यबस्थापन गर्ने , कार्पैटिङ सिसि टिभी क्यामरा जडानका लागि जिल्ला अस्पताल बाजुरालाई जिम्मा दिने निर्णय बैठकको निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तथा कोबिट १९ संकट ब्यबस्थापन समिति अध्यक्ष गंगाप्रसाद न्यौपानेले बताएका छन् ।
त्यसै गरि कोबिट १९ को उपचारमा आएका बाजुरामा रहेका डाक्टर र प्राबिधकहरुका क्वारेन्टाइन अस्पतालका लागि घर भाडामा खोज्न अस्पाताललाई जिम्मा दिने बैठकको निर्णय भएको बताएको छ । आइसोलेशनमा रहेका बिरामीहरुका लागि खानेपानी सौचालयको उचित ब्यबस्थापन गर्न जिल्ला समन्वय समिति बाजुरालाई जिम्मा दिने निर्णय भएको समितिले बताएको छ । हाल बिभिन्न जिल्लाबाट एम्बुलेन्स ट्रकमा धेरै मान्छे आइरहका र आउन लागेको मान्छेको ब्यबस्थापनमा सप्म्बन्धीत स्थानीय तह र कोबिट १९ संकट ब्यबस्थापन समितिले गृह मन्त्रालय लगायतका सम्बन्धीत निकायमा अनुरोध गर्ने निर्णय भएको जनाएको छ ।
त्यसै गरि अन्यन्त्र जिल्लामा बस्दै आएका बाजुराका बासिन्दाले आ आफ्नो पालिकामा सम्र्पक गरि सम्बन्धीत स्थानीय तहले त्यसको ब्यबस्थापन गर्ने निर्णय गरेको बताएको छ ।
हालको अबस्थामा बाजुराका बासिन्दा बिभिन्न नाकामा आइसकेको अबस्थामा मानविय नाताले उनीहरुको ब्यबस्थापन गर्न नेपाल सरकारको निति अनुसार पालिका स्थरको संकट ब्यबस्थापन समितिको क्वारेन्टाइनमा राख्ने गरि ब्यबस्थापनमा ध्यान दिने लगायतका निर्णय भएको समितिले जनाएको छ ।

Nirnya_14

चर्चामा

सम्बन्धित समाचार