बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिम प्रदेशमा १६ सय १० जना क्वारेन्टाइनमा

सुदूरपश्चिम प्रदेशमा १६ सय १० जना क्वारेन्टाइनमा

  • बुधबार, बैशाख १०, २०७७
सुदूरपश्चिम प्रदेशमा १६ सय १० जना क्वारेन्टाइनमा

कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा स्थापना गरिएका क्वारेन्टाइनमा हालसम्म १६ सय १० जना रहेका छन् । बुधबार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय डोटीले गरेको कोभिड–१९ सम्बन्धी मिडिया ब्रिफिङमा सो कुराको जानकारी दिएको हो ।

 क्वारेन्टाइनमा १४३४ जना पुरुष र १७६ जना महिला रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए । अहिलेसम्म ६ जना आइसोलेसनमा उपचारमा छन् भने ९९ जना डिस्चार्ज भएको उनले बताए । त्यसैगरी आरडीटीबाट ७ हजार ३०७ टेष्ट गरिएकोमा ७ हजार ३०५जनाको नेगेटिभ आइसकेको जनाइएको छ ।

१जनाको आरडीटीमा पोजिटिभ र पिसिआरमा नेगेटिभ आएको छ भने अर्काे जनाको भने रिपोर्ट खाली आइसकेको छ । २४ घण्टामा १ हजार १३० जनाको आरडीटी टेस्ट भएको उनले बताए । २४ घण्टामा २७ जनाको स्वाव संकलन भएको र १०० वटा नमुनाको पीसीआर जाँच गरिएको जनाइएको छ ।

 जाँच गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म पीसीआर मेसिन बाट ३०३ जनाको स्वाव संकलन गरी जाँच गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरी सेती प्रादेशिक अस्पतालमा कोभिड–१९  संक्रमितको उपचारका लागि ५ वेडको आईसोलेसन वार्ड पनि संचालन भएको जनाएको छ । २ वटा भेन्टीलेटर सहित ५ वेडको आईसोलेसन वार्ड संचालन भए पछि विरामीको उपचारका लागि केही सहज भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । आइसोलेसनमा ३ जना संक्रमितको  उपचार भइरहेको छ भने २ जना भने निको भएर घर फर्किसकेका छन् ।

साभार

चर्चामा

सम्बन्धित समाचार