बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • अछाम र बाजुराका जनताले संजग हुनै पर्छ : डाक्टर नाथ

अछाम र बाजुराका जनताले संजग हुनै पर्छ : डाक्टर नाथ

  • मङ्लबार, बैशाख ९, २०७७
अछाम र बाजुराका जनताले संजग हुनै पर्छ : डाक्टर नाथ

कमल रावल/बैशाख ९ अछाम — जिल्ला अस्पताल बाजुराका तत्कालिन कार्यालय प्रमुख डा. मोहन नाथले अछाम र बाजुराका जनताले यतिबेला संजग हुनुपर्ने बताए । सुदुरपश्चिम प्रदेशका विकटका जिल्ला भएकाले कोरोनाभाईरसको संक्रमण भित्रिन नदिन हरेक नागरिकले संजग र सचेत हुनुपर्ने बताए ।

अछाम र बाजुरामा छिमेकी देश भारतबाट थुप्रै दाजुभाई यतिबेला गाउमा आएकाले सबैलाई सचेत बन्दै होम क्वारेन्टाईनमा सुरक्षित बस्न आग्रह गरेका छन् । रेडियो रामारोशसँग सक्षिप्त कुरा गर्दै डा. नाथले कोरोनाभाईरसको लक्षण आफुलाई देखिने बित्तिकै तत्काल स्वास्थ्यकर्मिलाई सम्पर्क राख्न आग्रह डाक्टर नाथले अाग्रह गरेका छन्  । यतिबेला कोरोनाभाईरसको संक्रमणको रोकथाम र नियन्त्रणका लागि आफु लगाएत ६ जनाको बिशेषज्ञ चिकित्सको टोलि अछाममा आएकाले समस्या आईपरिहाले जतिबेला पनि सेवा दिन तत्पर रहेको बताए ।

सरकारले जिल्ला अस्पताल अछामलाई कोरोनाभाईरसको रोगको लागि लेभल १ को उपचार अस्पतालको रुपमा राखेकाले आवश्यक ब्याबस्थापनमा आफ्नो टिम लागि परेको बताए ।

बाजुरामा करिब साढे २ बर्ष सेवा दिएकाले अछामसँग नजिक समेत भएकाले जिल्ला अस्पताल अछामको ब्याबस्थापनको प्रशंसा गर्नु भएको थियो । यतिबेला जिल्ला अस्पतालमा आवश्यक पर्ने समस्या समाधानका लागि प्रमुुख जिल्ला अधिकारी, नगरपालिका प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, अस्पताल प्रमुख, अध्यक्ष सबै स्वास्थ्यकर्मिसँग छलफल तथा समन्वय गर्दै अगाडि बढिरहेको जानकारी समेत दिएका छन्। बाजुरामा अहिलेसम्म केन्द्रबाट खट्आिएको डाक्ट्र आएन भन्ने गुनासोमा डाक्टर नाथले बाजुराका जनतालाई नआत्तिन आग्रह गर्दै चाँडै बाजुरा पुग्ने बताए । यतिबेला बाजुरा जिल्लामा जानका लागि नै अछामको ट्मिमा आएकाले हरेक स्वास्थ्य समस्याको बारेमा जानकारी लिदै समाधानका लागि अघि बढ्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार