• होमपेज
  • देश/प्रदेश
  • मुख्यमन्त्री कार्यालयमा कोभिड-१९ सूचना केन्द्र स्थापना, पैसा नलाग्ने नम्वर ११४८

मुख्यमन्त्री कार्यालयमा कोभिड-१९ सूचना केन्द्र स्थापना, पैसा नलाग्ने नम्वर ११४८

  • आइतवार, बैशाख ७, २०७७
मुख्यमन्त्री कार्यालयमा कोभिड-१९ सूचना केन्द्र स्थापना, पैसा नलाग्ने नम्वर ११४८

धनगढी — विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबारे सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयमा सूचना केन्द्र स्थापना गरेको छ ।

आजदेखि स्थापना भएको सो केन्द्रवाट सरोकारवालासँगै सुदूरपश्चिमेली सर्वसधारणले आपतकालिन सेवा, सुचना जानकारी लिनसक्ने मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिवा शिवसिं ओलीले जानकारी दिएको छन् । उनका अनुसार कोभिड-१९ बारे आपतकालीन सेवा केन्द्रमा पैसा नलाग्ने हट लाईन नम्बर ११४८ बाट सेवा तथा आबस्यक कुराको जानकारी लिन सकिने छ ।

यस्तै महामारीको जोखिमलाई मध्यनजर गरेर प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसंन्धान लगायत सरकारका विभिन्न मन्त्रालय सम्मिलित टास्कफोर्स गठन गर्न लागेको छ । जसले भैइपरि आउने जोखिममा जनताको मनोवल उच्च राखिराख्न र जोखिमलाई दुर्त गतिमा समाधानका काम गर्ने छ  ।

चर्चामा

सम्बन्धित समाचार