• होमपेज
  • समाचार
  • आइसोलेसनमा एक बिरामीको मृत्यु

आइसोलेसनमा एक बिरामीको मृत्यु

  • शनिबार, बैशाख ६, २०७७
आइसोलेसनमा एक बिरामीको मृत्यु

बुटवल — बाँकेको नेपालगन्जस्थित मेडिकल कलेज शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना बिरामीको शनिबार मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका १ बढैयाका ४२ वर्षीय स्माइल बेहनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. रोमन किदवाईले जानकारी दिएका छन् ।

उनलाई तीन दिनअघि सिकिस्त बिरामी भई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । ‘अन्त कतै उपचार गरेर सिकिस्त भएर अस्पताल आएका थिए’, डा.किदवार्ईको भनाइ छ ।

डाक्टरका अनुसार पहिलो दिन नै दम, रुघाखोकी र ज्वरो थियो । लक्षण हेर्दा कोरोनाभाइरससँग मिल्दोजुल्दो थियो । अनि तत्कालै आइसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो । मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालको आइसोलेसनमा अहिले पनि १३ जना शंकास्पद बिरामी राखिएको छ ।

शनिबार मृतक बेहनाको स्वाब संकलन गरिएको छ । तर अझै रिर्पोट आएको छैन । उनको शव अस्पतालमै राखिएको छ। उनी एक डेढ महिनाअघि भारतबाट आएको बताइएको छ । राताेपाटी बाट

चर्चामा

सम्बन्धित समाचार