• होमपेज
  • समाज
  • बाजुरामा हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीलाई मास्क समेत छैन

बाजुरामा हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीलाई मास्क समेत छैन

  • मङ्लबार, बैशाख २, २०७७
बाजुरामा हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीलाई मास्क समेत छैन
हिमाली गाँउपालिका ६ मा हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मी सर्जिकल मास्क नपाएर कपडाको मास्क लगाएर चेक चाँज ।

बाजुरा जिल्लामा अधिकांश हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीले मास्क समेत पाएका छैनन् । स्थापना भएको हेल्थ डेक्समा मास्क र ज्वरो नाप्ने आइआर थर्मामिटर पनि नभएको पाईएको छ । बाजुरा जम्मा २१ वटा हेल्थ डेस्क, १५ वटा क्वारेन्टाइन र २ वटा आइसोलेसन कक्ष भएपनि अधिकांश हेल्थ डेक्समा मास्क समेत नभएको पाईएको छ ।
जगन्नाथ गाँउपालिका १ पिलिचौरमा स्थापना भएको हेल्थ डेक्समा मास्क र ज्वरो नाप्ने आइआर थर्मामिटर पनि नभएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी बद्रि बहादुर शाहिले वताएका छन् । गाँउपालिको हेल्थ डेक्स स्थापना गरेको छ, यो नामको मात्र भएको आफुहरुको सुरक्षाका लागि कुनै साम्रागि नभएको शाहिले वताए । त्यस्तै बुढिनन्दा नगरपालिकामा पनि हेल्थ डेस्कमा मास्क समेत नभएको स्वास्थ्यकर्मीले वताएका छन् । बुढिनन्दा नगरपालिकाको वडा नम्बर १ पिपलडाँली र पाण्डुसैन स्थापना भएको हेल्थ डेस्कमा न मास्क छ मास्क र ज्वरो नाप्ने आइआर थर्मामिटर रहेको स्वास्थ्यकर्मीले वताएका छन् । त्यस्तै हिमाली गाँउपालिका ७ बाधुमा स्थापना भएको हेल्थ डेस्कमा ज्वरो नाप्ने आइआर थर्मामिटर भएपनि सर्जिकल मास्क नभएको अनमि अनिता कडायतले वताएकि छन् । कपडाको मास्क लगाएर चेकजाँच गरिरहेको उनले वताईन् । यो खालि नामको मात्र भएको उनले वताईन् ।


स्थापना भएको हेल्थ डेक्समा आवतजावत गर्नेको रेकर्ड राख्ने काम भन्दा बाहेक केही हुन नसकेको पाईएका छन् । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने ज्वरो नाप्ने थर्मामिटर कहि नभएको स्वीकार गरेका छन् । देशभरी नै अभाब छ, कोरोना भाइरस सम्बन्धि जानकारी दिने, सोधपुछ गर्ने, भारत बाट कति जना आए त्यसको अभिलेख राख्ने काम भएको पन्तले वताए । आइआर थर्मामिटर धेरै ठाँउमा खोज्यौ पाएको छैन्, आउने बितिकै ब्यबस्थापन गर्ने उनले वताए । केही थर्मामिटर र मास्क आएका हुन्, त्यो मिलाएर पठाएको वताएका छन् ।
यता स्थानिय तहले भने कपडाका मास्क बितरण गरेर लोकप्रियता कमाउने काम भइरहेको मात्र छ । आबश्यक सामाग्रीको ब्यबस्थापन भन्दा लुगा सिलाउने कपडा मास्क सिलाएर दैनिक जसो मास्क बाडेको समचार आइरहेका छन्, अबस्था हेर्दा फर रहेको नागरिक अगुवा जनेश भण्डारीले वताएका छन् ।
शुदुरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस (कोभिड १९) संक्रमण निगरानि तथा रोकथाम सम्बन्धि हेल्थ डेक्स संचालन मार्गदर्शन २०७६ तयार गरेको छ । त्यो अनुसार भने स्थापना भएको हेल्थ डेक्समा कुनै पनि ब्यबस्थापन हुन सकेको छैन् । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले भन्छन्, हेल्थ डेक्समा लागि चाहिने आबश्यक सामाग्री अभाब भएकोले ब्यबस्थापन गर्न नसकेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार