सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाज
  • कैैलाली लम्कीकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ

कैैलाली लम्कीकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ

  • सोमवार, बैशाख १, २०७७
कैैलाली लम्कीकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ

टीकापुर : कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो।  र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ। र्यापिड टेष्टमा नेगेटिभ देखाएको थियो।

उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन्। वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए। पहिला क्यारेन्टाइनमा बस्न नमाने पनि पछि सबैले बस्न भनेपछि मानेका थिए।

५१ जना रहेको क्वारेन्टाइनबाट टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको  टोलीले ४४  जनाको स्वाब संकलन गरेको थियो।  काठमाडौंबाट आएको टोलीले २५ गते र्‍यापिड र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो । ९८ जनाको नेगेटिभ आयो।  यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो। सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ। साभार अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार