• होमपेज
  • समाज
  • बैंकबाट पैसा झिक्दा मास्क पाईयो

बैंकबाट पैसा झिक्दा मास्क पाईयो

  • बिहिबार, चैत्र ६, २०७६
बैंकबाट पैसा झिक्दा मास्क पाईयो

कैलाली – बैंकमा चेक साट्न आएका अत्तरियाका गणेश राम लुहारले चेक साटेर पैसा मात्रै पाएनन् संगै निःशुल्क मास्क पाए । बैंकमा चेक साटेर पाएको १० हजार संगै मास्क पाएपछि उनको मनमा पैसा भन्दा स्वास्थ्य पो ठुलो रहेछ भन्ने सोच आयो । उनले पैसा गोजिमा हाल्नु अगाडी बैंकबाट पाएको मास्क प्रयोग गरे ।

कैलालीको गोदावरी नगरापलिका २ अत्तरियामा रहेको राष्ट्रिय बाणिज्य बैंक लिमिटेड अत्तरिया शाखाले सेवाग्राहीलाई सेवा संगै मास्क वितरण गराउन थालेपछि लुहारले पनि बुधबार बैंकबाट पैसा संगै पाएको मास्क प्रयोग गरेका हुन । उनले मास्क पाएपछि बैकलाई धन्यावाद दिदै खुसी व्यक्त गरे । ‘बैंकको यस कामले धेरैलाई मास्क प्रयोग गर्न उत्प्रेरीत गरेको छ ।’ लुहारले भने –‘यसबाट मास्क किन्न नसक्ने र किन्न नचाहनेलाई मास्क लगाउँनै पर्ने रहेछ भन्ने कुरामा सचेत गरेको छ ।’

गोदावरी नगरपालिका २ उत्तरबनखेतका पदम बहादुर केसीले बैंकले कोरोना भाईरसबाट बच्न प्रयोग गरिने मास्कको अभाव भएको समयमा निःशुल्क मास्क पाउँदा निकै खुसि लागेको बताए । उनले पनि यस कार्यबाट सबैलाई मास्क लगाउनै पर्ने रहेछ भन्ने बारेमा सचेत गराएको बताए ।

सेवाग्राहीलाई कोरोना भाईरसको बारेमा सचेत गराउदैं मास्क वितरण भईरहेको बैंकका शाखा प्रमुख जित जंग सिंहले बताए । उनले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत मास्क वितरण गरिरहेको बताए । उनले कार्यक्रम अन्तरगत १ हजार मास्क वितरण गरिने बताए ।

‘कोरोना भाईरसबाट आफू पनि बचौं र अरुलाई पनि बच्न सहयोग गरौं भन्ने अभियान अन्तरगत निःशुल्क सेवाग्राहीलाई मास्क वितरण संगै सचेतनाका लागि व्यानर पम्पलेट लगाएका हौ ।’ शाखा प्रमुख सिंहले भने ‘यसले सेवाग्राहि संगै बैकका कर्मचारीलाई पनि कोरोना भाईरसको जोखिमबाट बचाउँन्छ ।’

मुल गेटमै हेल्थ डेस्क स्थापना गरिने

यसैबिच बैंकको मुलगेटमा कोरोना रोगको पहिचानका लागि हेल्थ डेस्क स्थापना गर्ने भएको छ । बैंकका शाखा प्रमुख सिंहले २/३ दिन भित्रमै बैंकको मुल गेटमै कोरोना रोगको पहिचान गर्न हेल्थ डेस्क स्थापना गरिने बताए । ‘कोरोनाको पहिचान गर्ने उपरकरण सहित एक जना कर्मचारी परिचालन गर्ने छौ ।’ उनले भने ‘त्यसका लागि आवश्यक उपकरणको माग गरेका छौ, २/३ दिनमा सामान आईपुग्छ ।’

विश्वभरी फौलिएको कोरोनाको जोखिम भिडभाडका ठाउँमा बढी हुने भएकाले बैंकले पनि सतकर्ता अपनाएको जनाएको छ । बैंक शाखाका प्रमुख सिंहले बैंकमा दैनिक ६ सय देखि ७ सयको संख्यामा सेवाग्राही आउने भएकाले दिनभरी जसो भिडभाड हुने बताए ।

उनले सेवाग्राहीलाई सचेत गराउनको लागि बैंकका भित्ताहरुमा कोरोना संम्बन्धि सचेतनाका पोस्टर समेत लगाएको बताए ।

चर्चामा

सम्बन्धित समाचार