• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • नाकामै निगरानी कक्ष स्थापना

नाकामै निगरानी कक्ष स्थापना

  • बुधबार, चैत्र ५, २०७६
नाकामै निगरानी कक्ष स्थापना

गगन अयडी / धनगढी, ५ चैत- धनगढी उप–महानगरपालिकाले आवश्यक सैया ,स्वास्थ्यकर्मी र औषधी सहितको निगरानी कक्ष स्थापना गरिएको छ । कोरोना भाइरसलाई फैलन नदिनको लागी धनगढीको त्रिनगरभन्सार नाकामा बुधवार निगरानी कक्ष स्थापना गरिएको हो । पहिलो चरणमा ३ वटा सैयाबाट सेवा सुरु गरेको छ भने आवश्यकता अनुसार सैयाहरु थप गर्ने ब्यबस्था मिलाउने धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । वडले भने, निगरानी कक्षमा २४ घण्टा नै स्वास्थ्यकर्मी राख्ने ब्यबस्था गरीनुका साथै चेकजाँच गर्ने उपकरण उपलब्ध औषधीहरु पनि राखिएको जानकारी दिएका छन् ।
निगरानी कक्षको अगाडी अत्याधुनीक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको नगर प्रमुख वडले बताए । बिरामीलाई आवश्यक पर्न सक्ने सौचालय खानेपानीको ब्यबस्था पनि मिलाईएको वडले बताए । निगरानी कक्ष नेपाल भारत मिमानामा त्रिनगरभन्सार कार्यालयको नवनिर्मित भवनमा रहेको छ नगरप्रमुख वडले भने, त्यही ठाउँबाट बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजान सजिलो हुने छ ।

त्यसैगरी धनगढी उप–महानगरपालिकाले फागुन २४ गते देखि नै भन्सारनाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट नेपाल भित्रीनेहरुको चेकजाँच गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार