• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कञ्चनपुर स्कुल बस दुर्घटना अपडेट: ३० विद्यार्थीको उद्दार

कञ्चनपुर स्कुल बस दुर्घटना अपडेट: ३० विद्यार्थीको उद्दार

  • आइतवार, चैत्र २, २०७६
कञ्चनपुर स्कुल बस दुर्घटना अपडेट: ३० विद्यार्थीको उद्दार

झलारी, कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा दुर्घटनामा परेको स्कुल बसबाट ३० बालबालिकाको उद्दार गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोष्ट कलुवापुरका प्रहरी नायब निरिक्षक रुपसिह थापाले दुर्घटनाग्रस्त बसबाट ३० बालबालिकाको उद्दार गरिएको जानकारी दिए।
उनीहरु मध्ये ३ जना घाइते छन्। घाइतेहरुलाई उपचारका लागि स्थानीय क्लनीकमा पुगाइएको बताउँदै थापाले बसमा सवार विद्यार्थीको संख्या यकिन हुन नसकेको दिनेश खबरलाई बताए। बस सडक छेउमा रहेको माछा पोखरीमा खसेकाले उद्दारमा केही समस्या भएको प्रहरीले जनाएको छ।
अहिले जेसिबीको सहयोगमा बस बाहिर निकाल्ने तयारी भइरहेकाले त्यसपछि मात्र अन्य विवरण खुल्नेछ। आज दिउँसो शुक्लाफाँटा नगरपालिका- ११ मा रहेको युनिभर्सल बाल विद्या निकेतनको म१ख ४२४ नम्बरको बस दुर्घटनामा परेको हो।
परिक्षा दिएर फर्किदै गर्दा बस दुर्घटनामा परेको बताइएको छ तर के कती विद्यार्थी सवार थिए भन्ने विषय विद्यालय नै अनभिज्ञ रहेको प्रहरीको भनाइ छ। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ। साघुरो सडकका कारण बस दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ।

दिनेश खबरबाट साभार

चर्चामा

सम्बन्धित समाचार