नेपाल प्रहरीमा रिक्त प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७६÷०५÷०६ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई लोक सेवा आयोगबाट मिति २०७६÷०८÷२८ गते संचालित लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये आयोगबाट प्राप्त नतिजा अनुसार निम्न उम्मेदवारहरु लिखित परीक्षामा उत्तीर्ण भएको हुँदा सम्बन्धित उम्मेदवारहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साथै उत्तीर्ण भएका उम्मेदवारहरुको अन्तरवार्ता परीक्षा मिति २०७६÷१२÷१६ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरु (प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनकपुर (सम्पर्क कार्यालय हाल राजविराज, सप्तरी), दुधौली, पोखरा, बुटवल, नेपालगंज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगंज काठमाण्डौ) मा निम्न तालिका बमोजिम संचालन हुने हुँदा अन्तरवार्ता परीक्षामा सहभागी हुने उम्मेदवारहरुले आफुले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको सक्कलै प्रमाण–पत्र,
नेपाली नागरिकताको प्रमाण–पत्र, प्रवेश–पत्र र समावेशी समूहमा उत्तीर्ण भएका उम्मेदवारहरुले समावेशीको प्रमाण पत्र समेत साथमा लिई परीक्षा सुरु हुनु भन्दा ४५ मिनेट अगावै सम्बन्धित परीक्षा केन्द्रमाउपस्थित हुनु हुन समेत सूचित गरिन्छ ।
पुरा रिजल्ट हेर्न तलकाे लिकंकमा किलिक गर्नुहाेला ।