बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • चट्याङ लागेर ६० बर्षिय बृद्धाकाे मृत्यु

चट्याङ लागेर ६० बर्षिय बृद्धाकाे मृत्यु

  • बिहिबार, फाल्गुन २२, २०७६
चट्याङ लागेर ६० बर्षिय बृद्धाकाे मृत्यु

डोटी – डोटीमा चट्याङ लागेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको सायल गाउपालिकाको वडा नम्बर २ सिर्मा गाउमा चट्याङ पर्दा ६० बर्षिया जसु देवि ओलीको मृत्यु भएको हो ।

बुधबार साझँ ६ : ३० बजे घरमा बसिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको सायल प्रहरीले जानकारी दिएको छ । सायल प्रहरी चौकिलाई आज बिहान तिन बजे मात्रै घटना बारे जानकारी भएको थियो ।

प्रहरीका अनुसार घटना भएको स्थान प्रहरी चौकिबाट जानको लागि पैदल चार घण्टा लाग्ने भएको हुदा प्रहरी टोली घटना स्थलमा गएको र घटनाको थप बिवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार