• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका ४ स्वास्थ्य चाैकी १५ शैयाको प्राथमिक अस्पतालमा स्तरोन्नति हुने

बाजुराका ४ स्वास्थ्य चाैकी १५ शैयाको प्राथमिक अस्पतालमा स्तरोन्नति हुने

  • सोमवार, फाल्गुन १९, २०७६
बाजुराका ४ स्वास्थ्य चाैकी १५ शैयाको प्राथमिक अस्पतालमा स्तरोन्नति हुने

बाजुरा जिल्लाका तपशिलका स्वास्थ्य चौकिको स्तरोन्नती गरि आब ०७६/७७ मा १५ शैयाको प्राथमिक अस्पतालमा स्तरोन्नति गर्न मिति २०७६ फागुन १६ गते मन्त्री स्तरिय निर्णय भएको छ । बाजुरा जिल्लाका पहिलो चरणमा सूचीकृत भएका स्वास्थ्य सस्थाहरूमा रुगिन स्वस्थ्य चौकी हिमली गाउपालिका , तोलि देवल स्वास्थ्य चौकी त्रिबेणि नगरपालिका , डोगडी स्वास्थ्य चौकी खप्तड छेडेदह गाउँपालिका बाजुरा र हुनि महतिस्वास्थ्य चौकी जगन्नाथ गाउँपालिकाका स्वास्थ्य चाैकीकाे स्तर उन्नती हुने भएकाे बाजुरा जिल्लाका सघिय सांसद लालबहादुर थापाका स्वकिय सचिव सुरेश राेकायाले बताएका छन् ।

No photo description available.
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसारको भौतिक पुर्वाधार निर्माण गर्नको लागि आवश्यक प्रक्रिया पूरा गरेका स्वास्थ चौकिको मात्र सघन शहरी बिकास तथा भवन निर्माण कार्यक्रमले सो संरचना निर्माण गर्ने भएकाे राेकायाले बताए  ।जिल्लाकाे भाैगलिक बिकटता र स्वास्थ्यकाे पहुचबाट टाढा रहेका बाजुराका जनताहरूकाे समस्यालाइ मध्यनजर गरी मन्त्री स्तरिय बैठकले साे निर्णय गरेकाे राेकायाले बताए । बाजुराबाट पहिलाे चरणमा ४ अाेटा स्वास्थ्य सस्थाकाे स्तरउन्नतीमा सिफारीस भए पनी एक पछी अर्काे गर्दै सबै स्वास्थ्य सस्थाकाे स्तरउन्नतीका लागि पहल गर्न सासंद थापा तयार रहनुभएकाे राेकायाकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार