• होमपेज
  • समाज
  • बझाङमा हेलिकोप्टरद्वारा खाद्यान्न ढुवानी

बझाङमा हेलिकोप्टरद्वारा खाद्यान्न ढुवानी

  • शनिबार, फाल्गुन ३, २०७६
बझाङमा हेलिकोप्टरद्वारा खाद्यान्न ढुवानी

बझाङ: हिमपातका कारण बाटो अवरुद्धभएपछि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साईपाल गाउँपालिकामा शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी भएको छ। नेपाली सेनाको हेलिकोप्टरले खाद्य संस्थान सुर्खेतबाट २५ क्विन्टल २० केजी चामल साईपाल गाउँपालिकाको धुलीमा  ढुवानी गरेको हो। बाटो अवरुद्ध बनेपछि उक्त क्षेत्रमा खाद्यान्नको अभाव भएको थियाे।

ढुवानी भएको चामल साईपाल गाउँपालिकाको धुली र बलौडी गाउँका स्थानीयलाई प्रति व्यक्ति ३ केजीका दरले वितरण गरिने भएको छ।

जिल्लाको खाद्य संकटका हिसाबले यो गाउँपालिका उच्च जोखिममा रहेको छ। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार