शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • सीमा वि’वादपछि अछामको आकाशमा भारतीय वायुसेवा।

सीमा वि’वादपछि अछामको आकाशमा भारतीय वायुसेवा।

  • बिहिबार, कार्तिक २८, २०७६
सीमा वि’वादपछि अछामको आकाशमा भारतीय वायुसेवा।

भारतले नेपाली भूमी मिचेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको वि’रोधमा अहिले देशभर व्यापक वि’रोध तथा प्रदशन भईरहेको छ। यता ओली सरकार भने भारतले उक्त नेपाली भूमी मिचेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको हप्तौ वितिसक्दा पनि कुनै ठोस कदम चाल्न त परै जाओस उल्टै नेपाली भूमी हडपेको भारतको वि’रोध तथा प्रदशन गर्नेलाई विना कारण ध’रपकड गर्ने’ दुख दिने’ कु’टपिट गर्ने जस्ता ल’ज्जास्पद कदम चालिरहेको छ।

यस्तै वि’रोध भइरहेको बेला नेपालको आकाश अर्थात् अछामको आकाशमा भारतले दर्जनौ जेट विमान उडाइएका छन् । मंगलबार साँझ अछामको आकाशमा लस्करै विमान उडिरहेको देखेपछि स्थानीय सशंकित भएका छन्। केही प्रत्यक्षदर्शीहरुले ३७ जेट विमानहरु लस्करै उडेको देखेपछि आफुहरु त्रसित भएको बताएका छन्। आकाशमा विमान लस्करै उडेको प्रहरीले पनि देखेका थिए।

ईलका प्रहरी कार्यालय विनायका असई लक्ष्मण बिकले पनि आकाशमा साँझतिर रकेट जस्तै देखिने गरी लस्करै उडेको बताए। बिकले भने, हाम्रा केटाहरुले आकाशमा लस्करै रकेट जस्तै गरी उडेका देखेका थिए। उनले रकेटको जति गति नभएको बताए। आफूहरुले माथि जानकारी गराइरहेको भन्दै पछि कुरा गराैला भनेर फोन राखेका थिए। लिपुलेक कालापानीमाथिको अतिक्रमणलाई लिएर अछाममा पनि वि’रोध प्रदर्शन भइरहेका छन्।

आजमात्रै जिल्लाका विभिन्‍न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि जलाइएको थियो। त्यसैगरी नेकपा कार्यकर्ताहरुले भारतीय नक्सा पनि जलाइएको थियो। सीमा मिचिएको विषयमा वि’रोध भएकोले भारतले सुदूरपश्चिममा हवाई गस्ती गरेको अनुमान गरिएको छ। तर जिल्ला प्रशासन कार्यालयले भने यसबारे केही बताएको छैन। प्रत्यक्षदर्शीका अनुसार पूर्वअछामबाट देखिएका विमानहरु लस्करै पूर्वअछाम पुगेर उत्तर मोडेर फर्किएका छन्।

यसैगरी भारतले नेपालको कालापानी क्षेत्रमा दिनहुँजसो हेलिकप्टरबाटै निरीक्षण गर्छ। भारतीय वायुसेना र उच्च सैन्य अधिकारीहरु यो अतिक्रमित क्षेत्र नियमित पुग्ने गरेका छन्। यतिमात्रै होइन नेपाली भूमि अतिक्रमण गरेर भारतीय पक्षले सुरक्षा फौज नै बसाएको छ। पछिल्लो समय अतिक्रमित क्षेत्रमा भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धकै तयारी भइरहेझैँ अनुभूति दिन्छ।

तर नेपालले आफ्नै भूमिमा पनि उपस्थिति भने देखाउन सकेको छैन। कालापानी क्षेत्रमा भारतले सिमा सुरक्षा बल एसएसबी र इन्डो तिब्बतियन बोर्डर पोलिस आईटीबीपीको सुरक्षा दस्ता तैनाथ गरिएको जानकारी यसअघि नै सार्वजनिक भएको थियो। पछिल्लो समय भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धको तयारी पनि देखिएको छ। उत्तराखण्ड राज्यको पिथौरागढमा केही महिना अघि मात्रै नैनीसैनी विमानस्थल सञ्चालनमा आएको छ।

नेपाल र चीनको सिमा’नजिकै रहेको यो विमानस्थलमा भारतीय वायु सेनाको लडाकु विमानको नियमित उडान भइरहेको छ। पिथौरागढदेखि ९२ किलोमिटर सडकमार्गको दूरीमा रहेको धार्चुलाभन्दा उत्तरतर्फको भूभागमा केही दिन बिराएर लडाकु विमानले गस्ती गर्दै आएको छ। पिथौरागढको नैनीसैनी विमानस्थलबाट १५ किलोमिटरको हवाई रेञ्जमा भारतीय वायुसेनाको लडाकु विमानले उडान गरिरहेकोबारे भारतीय पत्रिका हिन्दुस्तान दैनिकले अक्टोबर २३ कात्तिक ६ गते समाचार प्रकाशित गरेको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन्। सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा उनले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदूतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको पनि जानकारी गराए।

यसबारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदुतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने। ती समस्या समाधानका लागि छिट्टै उचित कु’टनीतिक संयन्त्रमार्फत भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ’ उनले भने। सोमबार नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले पनि गएको शुक्रबार भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय गोखलेलाई भेटेर सीमा विवादका बारेमा कुरा गरेको जानकारी दिएको छन्।

बैठकमा प्रधानमन्त्री ओलीले द्विपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको पार्टीको सचिवालय बैठकको ब्रिफिङ गरेका थिए। भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरिएकोमा नेपाल सरकारले असहमति जनाइसकेको छ। उता, भारतले पनि समस्या समाधानका लागि सचिवस्तरीय वार्तामा बस्न सकिने जनाउ सरकारलाई दिइसकेको छ।

तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन्। उत्तेजना फैलाएर समस्या समाधान नहुने उनले बताए। सांसदको राज्य व्यवस्था समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लिम्पियाधुरा महाकालीको मुहान हो। महाकाली नदी सीमा नदी हो’ भन्ने प्रष्ट रहेको बताए। यसमा कुनै कन्फ्युजन नरहेको भन्दै उनले प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्ने बताए।

कालापानी र सुस्तामा सीमा समस्या छ भनेर दुबै देशले स्वीकार गरेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने’ हामी एक इन्च जमिन छोड्न पनि सक्दैनौं’ र अरुको एक इन्च जमिन पनि चाहिएन। यही मान्यतामा उभिने हो। तर यस विषयमा उत्तेजना वा भ्रम फैलाएर समस्या सामाधान नहुने उनले बताए। अन्तराष्ट्रिय समितिले सरकारले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्नुपर्छ भन्दै उनले भने’ कुरा मिलेन भने मात्रै अन्तराष्ट्रिय करण गर्न सकिने’ र अहिले त्यसो भन्न हुँदैन’ उनले भने’। स्रोत: सञ्चार केन्द्रबाट।

चर्चामा

सम्बन्धित समाचार