• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुराकाे कोल्टि क्षेत्रले पाँउने एम्बुलेन्स कटाएर तराइको जिल्लामा हस्तान्तरण

बाजुराकाे कोल्टि क्षेत्रले पाँउने एम्बुलेन्स कटाएर तराइको जिल्लामा हस्तान्तरण

  • बिहिबार, कार्तिक २१, २०७६
बाजुराकाे कोल्टि क्षेत्रले पाँउने एम्बुलेन्स कटाएर तराइको जिल्लामा हस्तान्तरण

प्रकाश सिह

शुदुरपश्चिम प्रदेश सरकारले पहाँडि जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि भन्दै १६ वटा ’बी ग्रेड’ का एम्बुलेन्स भनेर खरिद गरयो । तर बाजुराको प्रदेश क (कोल्टी क्षेत्र) ले पाँउने एम्बुलेन्स कटाएर तराईको जिल्लामा दिएको छ ।
एउटा बाजुरा अर्को डोटिको जिल्लाको कटाएर एउटा कैलाली र एउटा कञ्चनपुर जिल्लालाई दिएको छ । हुनत सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्लाका एक निर्वाचन क्षेत्रका लागी भनेर किनेको हो, त्यहि अनुसार हस्तान्तरण गर्ने भन्दै आएको थियो । अन्तमा बाजुराले पाँउने एम्बुलेन्स काटेर अर्को ठाँउमा दिएको छ । बाजुराले दुइवटा एम्बुलेन्स पाँउने भनेको थियो । कैलाली र कञ्चनपुरले हामिलाई नि चाहियो भनेपछि दुइ ठाँउको कटाएर तराई दिएको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले वताए ।
बाजुराका नेताले बोल्ने हो, अर्को त्यो क्षेत्रमा सडक राम्रो सँग सञ्चालन नभएकाले पनि दिन नसकेको मन्त्रालयका एक अधिकारीले वताएका छन् । बाजुरा क प्रदेशको (कोल्टी क्षेत्र) एम्बुलेन्स अति आबश्यक हो तर सरकारले यसप्रति ब्यवास्ता गर्नु भनेको जनता माथि अन्याय भएको नेकपाका जिल्ला स्तरका नेता गोरख सार्कीले वताएका छन् । जहाँ एम्बुलेन्स अति आबश्यक छ, अरु ठाँउमा त धेरै एम्बुलेन्स छन्, एम्बुलेन्स नहुने ठाँउमा नदिनु भनेको अन्याय भएको स्थानियले वताएका छन् ।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवा बाट सबै भन्दा बिमुख क्षेत्र त्यहि कोल्टी क्षेत्र हो । बडिमालिका खबरले मन्त्रालयका एक अधिकारीलाई सोध्दा कोल्टी क्षेत्रमा किन नदीएको भन्दा कैलाली र कञ्चपुरले हामिलाइ पनि चाँहियो भनेपछी एउटा बाजुराको पनि काटेर दिएको हो भन्ने प्रतिक्रिया दिए । अर्काे बाटो राम्रो नभएको भन्ने कुरा आएको उनले वताए । यो एम्बुलेन्स तक्काल मार्तडी कोल्टि चल्न नसक्ला तर उता जगन्नाथ हिमाली गाँउपालीका बाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र सम्म चल्ने छ । कर्णालीमा हिउँदको समय फेरि चल्छ त्यो बाटो भएर सुर्खेत नेपालगञ्ज सरासर चल्छ एक स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार