शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाली काँग्रेस बाजुरा र नेपाल लोकतान्त्रिक फोरम बाजुरा समायोजन

नेपाली काँग्रेस बाजुरा र नेपाल लोकतान्त्रिक फोरम बाजुरा समायोजन

  • बुधबार, कार्तिक २०, २०७६
नेपाली काँग्रेस बाजुरा र नेपाल लोकतान्त्रिक फोरम बाजुरा समायोजन

नेपाली काँग्रेस बाजुरा र नेपाल लोकतान्त्रिक फोरम बाजुरा बिच समायोजना भएको छ । नेपाल लोकतान्त्रिक फोरम बाजुराका अध्यक्ष पुर्ण बहादुर सिंह सहित १ सय ६७ जनालाई समायोजन गरिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
नेपाली काँग्रेस बाजुराको मंगलवार बसेको बैठेकमा समायोजन गर्ने निर्णय भएको हो । बिजय कुमार गच्छेदारले तेतृत्व गरिरहेका नेपाल लोकतान्त्रिक फोरम केन्द्रमा एकिकरण सँगै बाजुरामा समायोजन भएको तत्कालिन नेपाल लोकतान्त्रिक फोरम बाजुराका अध्यक्ष पुर्ण बहादुर सिंहले वताएका छन् । नेपाली काँग्रेस कार्यसमितिको बैठकले पार्टीको केन्द्रिय निर्देशन अनुसार जिल्लामा नेपाल लोकतान्त्रिक फोरमका सदस्यहरुलाई पार्टीको स्वतः क्रियशिल सदस्यमा समायोजन गर्ने निर्णय गरेको नेपाली काँगे्रस बाजुराका सभापति कबिराज पण्डितले वताएका छन् ।
तत्कालिन नेपाल लोकतान्त्रिक फोरम बाजुराका अध्यक्ष पुर्ण बहादुर सिंहले भने अहिले केन्द्रको निर्देशन अनुसार पाटि समायोजन भएको छ । हामीलाई पदको के जिम्मेवारी दिने केन्द्रमा सहमति भइसकेको छ, त्यहि अनुसार दुई पाटि बिचनै हुने वताएका छन् । काँग्रेस जिल्ला सभापति भएको ठाँउमा उपसभापति नेपाल लोकतान्त्रिक फोरमलाई दिने केन्द्रको सहमति रहेको छ । त्यसो हुँदा पुर्ण बहादुर सिंह बाजुराका काँग्रेसको उपसभापति हुने भएका छन् । पाटि एकिकरण सँगै जिल्लामा पाटिका काम संगठन निर्माणमा लाग्ने सिंहले वताए ।
बैठेकले त्रिवेणी नगरपलिकाको छतारामा यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको तयारी निर्वाचन परिचालन तथा व्यवस्थापन समितिमा संयोजक राधिका सुनार रहने गरी १३ सदस्यीय भने तरुण विद्यार्थी परिचालन समितिमा संयोजक विरेन्द्र गिरी रहने गरी ३ सदस्यीय समिति गठन भएको छ । त्यसैगरी उच्च स्तरीय निर्देशक समितिमा कविराज पण्डितको संयोजकत्वमा, बद्री प्रसाद पाण्डे, जनकराज गिरी, देवराज जोशी, महा नेपाली, मन बहादुर रावल, रामसिंह रावल जुना दानी सदस्य रहने गरी समिति गठन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार