• होमपेज
  • समाज
  • नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो

नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो

  • मङ्लबार, कार्तिक १९, २०७६
नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो

नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ ।  पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ ।

चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको छ ।

नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ ।

आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गरेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार