शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमका उत्कृष्ट तीन अस्पताल सम्मानित

सुदूरपश्चिमका उत्कृष्ट तीन अस्पताल सम्मानित

  • शनिबार, कार्तिक ९, २०७६
सुदूरपश्चिमका उत्कृष्ट तीन अस्पताल सम्मानित

धनगढी, ८ कार्तिक — सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष ०७५/०७६ मा उत्कृष्ट कार्य सम्पादन गर्ने तीन जिल्ला अस्पताललाई सम्मान गरिएको छ। जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल दार्चुला र जिल्ला अस्पताल बझाङलाई आर्थिक वर्ष ०७५/०७६ मा उत्कृष्ट सेवा प्रवाह तथा कार्य सम्पादन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो।

उत्कृष्ट अस्तालको सम्मान प्राप्त गर्ने तीनवटा अस्पाल पहाडी जिल्लाको अस्पताल रहेका छन्। अस्पतालले आर्थिक वर्षभर गरेको काम, सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टि, कार्यालय व्यवस्थापन जस्ता सूचक तयार गरेर अस्पताल छनोट गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ।

वर्षभरमा कर्मचारीले गरेको मेहनतको मूल्यांकन भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन भुषण मिश्रले बताए। सम्मानित भएसँगै काम गर्ने थप ऊर्जा प्राप्त भएको मिश्रले बताए। सुदूरपश्चिम प्रदेश सरकारको महातहतमा रहेको नौं अस्पताल मध्य तीन अस्पतालाई उत्कृष्ट घोषणा गरिएको हो। परिवर्तित संरचनामा साविकका अञ्चल अस्पताल र जिल्ला अस्पताल प्रदेश सरकारको महाहतमा रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार