जिल्ला अस्पताल बाजुरामा कार्यरत सर्जरी तथा प्रसूति चिकित्सक डा. टिकाराम राईको बाजुराबाट विदाई गरिएको छ । यहाँका गरिव, दीनः दुखी र निमुखा जनताहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरि बाजुरा जस्तो दुर्गम ठाउँमा आएर हजाराै विरामीहरुको ज्यान बचाएका डाक्टर राईको बाजुराबाट भव्य रुपमा विदाई गरिएको छ । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौता अवधि सकिएपछि डाक्टर राईको बाजुराबाट विदाई गरिएको जिल्ला अस्पतालले जनाएकाे छ ।
स्वास्थ्यकर्मी र बाजुरेलीहरुले फुलमाला, अविर र मायाको चिनो दिएर डाक्टर राईको बाजुराबाट बाजागाजा सहित बजार परिक्रमा गरि बिदाइ गरिएकाे बताएकाे छ । डाक्टर राई बाजुरा जिल्ला अस्पतालमा आएको ३ वर्षपछि बुधबार बाजुराबाट विदाई भएका हुन् । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौतामा डाक्टर राई र डाक्टर दुर्गाराज महर्जन बाजुरामा आएर यहाँका हजारौं विरामीहरुको स्वास्थ्य सेवामा दिनरात नभनि खटिएर उपचार सेवा दिदै आएका थिए । निक साईमन्स इन्स्टिच्युटसंगको सम्झौता अवधि सकिएपछि डाक्टर राईको बाजुराबाट विदाई गरिएको छ भने डाक्टर दुर्गाराज महर्जन अवको डेढ महिना भित्र गइसक्ने निक साईमन्स इन्स्टिच्युट अस्पताल सहयाेग कार्यक्रम काठमाण्काडाैका कार्यक्रम संयाेजक बालसुन्दर तासिँले बताएका छन। डाक्टर राई र महर्जनकाे सरूवा पछि केही दिनमै राइकाे सट्टामा एक जना डाक्टर पठाउने र महर्जनकाे सट्टाका लागि मान्छे खाेजी रहेकाे निक साईमन्स इन्स्टिच्युट काठमाण्डाैका ताँसीले बताएका छन् ।
डाः राईले बाजुराको जिल्ला अस्पतालमा मात्र नभएर जिल्ला भित्रका स्वास्थ्य चौकिमा समेत पुगेर स्वास्थ्य सेवा दिई आम बाजुरेलिको समेत मन जित्न सफल भएका छन् । उहाँप्रती जिल्ला अस्प्ताल बाजुराको सम्पुर्ण टिम र जिल्लाबासी नै आभारी छौ बाजुरा जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले फेशबुमा समेत लेखेका छन् ।