• होमपेज
  • समाचार
  • चिनियाँ राष्ट्रपतिले सारा नेपालीलाई खुशी बनाउने गरी गरे यस्तो घोषणा

चिनियाँ राष्ट्रपतिले सारा नेपालीलाई खुशी बनाउने गरी गरे यस्तो घोषणा

  • शनिबार, अशोज २५, २०७६
चिनियाँ राष्ट्रपतिले सारा नेपालीलाई खुशी बनाउने गरी गरे यस्तो घोषणा

काठमाडौं — नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । शीर्ष नेताहरुको उपस्थिति रहेको रात्रीभोजलाई दुवै राष्ट्रपतिले सम्बोधन गरेका थिए । पहिले सम्बोधन गरेकी भण्डारीले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको नेपाली जनताले देख्न चाहेको बताएकी थिइन् ।

त्यसपछि सम्बोधन गरेका राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताए । उनले रसुवागढी छहरे काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नती गर्ने पनि बताए ।

चिनियाँ राष्ट्रपति सीले नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बन्ने सपना साकार पार्न सहयोग गर्ने बताएका छन् । आफ्नो सम्मानमा आयोजित राजकीय भोजलाई सम्बोधन गर्ने क्रममा भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बन्ने नेपालको सपना साकार पार्न सहयोग गर्ने बताएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार