शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • सिन्धुपाल्चोक दुर्घटना अपडेट : उद्धारका लागि मन्त्री हेलिकोप्टर लिएर घटनास्थल पुगे

सिन्धुपाल्चोक दुर्घटना अपडेट : उद्धारका लागि मन्त्री हेलिकोप्टर लिएर घटनास्थल पुगे

  • शुक्रबार, अशोज २४, २०७६
सिन्धुपाल्चोक दुर्घटना अपडेट : उद्धारका लागि मन्त्री हेलिकोप्टर लिएर घटनास्थल पुगे

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित भोटसिपामा भएको बस दुर्घटनामा घाइते भएकाहरुको उद्दारका लागि प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल हेलिकोप्टरसहित घटनास्थलमा पुगेका छन् ।

शुक्रबार बिहान भएको बस दुर्घटनाको उद्दारका लागि मन्त्री दुलालले आफ्नो प्रत्यक्ष पहलमा अन्य दुईवटा हेलिकोप्टर पनि पठाइसकेका छन् । दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने अन्य ५० भन्दा बढी घाइते भएका छन् ।

घाइतेको उद्दार हेलिकोप्टरमार्फत भइरहेको छ । नेपाल आर्मीको एम आई १७ जहाजमा मन्त्री दुलाल घटनास्थल पुगेका थिए ।

सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस आज बिहान ९ः५५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गएकाहरुको सनाखत हुन सकेको छैन । कच्ची सडक तथा यात्रुको चापका कारण बस सडकबाट तल खसेर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार