शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चिनियाँ कम्युनिष्ट शासनको ७० वर्षगाँठ, बेइजिङमा भव्य कार्यक्रम

चिनियाँ कम्युनिष्ट शासनको ७० वर्षगाँठ, बेइजिङमा भव्य कार्यक्रम

  • मङ्लबार, अशोज १४, २०७६
चिनियाँ कम्युनिष्ट शासनको ७० वर्षगाँठ, बेइजिङमा भव्य कार्यक्रम

चीनले आज कम्युनिष्ट शासन व्यवस्थाको ७० औं वर्ष गाँठ मनाइरेको छ। विश्वमा छोटो समयमै असाधारण विकास र समृद्धिको उदाहरण पेश गरेको चीनले विभिन्न कार्यक्रम गरी भव्यरुपमा ७० औं वर्षगाँठ मनाउन लागेको छ। दिवसका अवसरमा राजधानी बेइजिङस्थित तियानमेन चोकमा ठूलो संख्यामा सैनिकहरुले परेड देखाएका छन्। परेडमा १५ हजारभन्दा बढी सैनिक सहभागी रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। कार्यक्रममा राष्ट्र सी जिनपिङ सहभागी भए। चिनियाँ जनसेनाका सुप्रिप कमाण्डरसमेत रहेका राष्ट्रपति सीले सैनिकलाई सम्बोधन गरेका छन्। त्यस्तै हिजो राष्ट्रपति सीले तियानमेन चोकमा पुगेर कम्युनिष्ट पार्टीका पूर्व अध्यक्ष माओत्से तुङलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। चीनको शासनको ७० औंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन्। यसैबीच चीनले राष्ट्रिय दिवस मनाईरहँदा हङकङमा भने प्रदर्शन जारी छ । प्रदर्शनकारीले स्वतन्त्र हङकङको माग चर्काएका छन् ।

चर्चामा

सम्बन्धित समाचार