शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुकाे दशै विशेष मुक्तक सहित शुभकामना …

कलक राेकाया सानुकाे दशै विशेष मुक्तक सहित शुभकामना …

  • सोमवार, अशोज १३, २०७६
कलक राेकाया सानुकाे दशै विशेष मुक्तक सहित शुभकामना …

१.
यस पालि दशैमा दाई पनि अाउन्छ,
संगै बसेकाे साथि भाई पनि अाउन्छ।
याे दशैमा रमाईलाे गर्नै पर्छ कि क्या हाे,
मेरी स्कुले ब्याजि साई पनि अाउन्छ।
२.
बाअामालाई लेख बेसि धाउदा दु:ख देखेकाे छु,
दशैतिहार पछि अाउन्छु घर बिदा लेखेकाे छु।
मंसिर खेति गर्नु छ निबेदन गरे जसरी पनि,
१० दिन मात्र बिदा हाकिम लाई सलाम ठाेकेकाे छु।
३.
भेटघाट गर्न अब लामाे बसाईमा अाउनेछु,
अार्शिबाद टीका थाप्न अर्काे दशैमा अाउनेछु।
घरकाे अागनिमा सयपत्री फुल सम्झेर,
अब तिहारकाे उमंग बाेकी रसैमा अाउने छु।
४.
घरमा नहुदा छाेराे खल्लाे हुने भयाे दशै,
अाश्रिबाद टीका फाेटामा छुने भयाे दशै,
न दशै नतिहार शनिबार जागिरै यस्ताे,
जमरा टीका निधारमा नलाउदा रुने भयाे दशै।
५.
लेखेकाे छु घर बिदा पायाे भने अब,
काम गरेर अाईजा भनी लायाे भने अब।
निबेदन गरेकाेछु घरायसि समस्या देखाई,
पास हुन्छ अाजै हाकिमले चायाे भने अब।
६.
याे साल पनि दशैमा घर अाउन पाईन अामा,
जमरा र राताे टीका लाउन पाईन अामा।
पाच बर्षभाे घर बाहिर दु:ख गर्दै बितेकाे,
हरेक बर्ष गाउँ भरि छाउन पाईन अामा।
७.
यस पालिनि एक्लाे छाेराे घर नअाउदा,
बा अामाले फाेन चिठ्ठि पत्र नपाउदा।
अासुले चाेली भिज्ला मेराेअामाकाे,
छाेराकाे निधारमा टीका नलाउदा।
– बिजया दशमीकाे अबसरमा सम्पुर्ण साथिहरु,अामा बुवा, दाजुभाई,दिदिबहिनि, अंकल अान्टि, फूपू फुपाजु, लगाएत अाफन्तजनहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
~कलक राेकाया सानु
गाैमुल ०६सालिकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार