बडिमालिका समचार
बाजुराको मार्तडीमा रहेको कर्भडहल निर्माण अलपत्र परेको ठेक्का बडिमालिका नगरपालिकाले रद्ध गरेको छ । डिबि कन्ट्रक्सन एण्ड अडर सप्लायर्स सँग सम्झौता भएको ठेक्का रद्ध गरेको बडिमालिका नगरपालिका नगर प्रमुख पदम बढुवालले वताए । खेलकुद मैदान निर्माणमा बिभिन्न बिवादहरु आएपछि बडिमालिका नगरपालिकाको कार्यपालिको निर्णयले ठेक्का रद्ध गर्ने निर्णय भएको नगरपालिकाले वताएको छ ।
डिबि कन्ट्रक्सन एण्ड अडर सप्लायर्स को ५० लाखमा चैत १५ गते सम्झौता गरेको थियो। सम्झौतामा असार १५ गते सक्ने रहेको थियो । असारमा काम नहुने भएपछि कार्यपालिकाले असार २९ गते पौष मसान्त सम्मका लागि म्याद थप्ने निर्णय गरेको थियो । तर एकाएक कार्यपालिकाले भदौ ५ गते बसेको बैठकले ठेक्का तोड्ने निर्णय गरेको छ । ठेक्का रद्ध भए सँगै डिबि कन्ट्रक्सन एण्ड अडर सप्लायर्सलाई पहिलो किस्ता बाफतको ७ लाख रकम फिर्ता गराईने भएको छ ।
फिर्ता गराईएको ठेक्का स्थानिय पुर्बाधार अन्र्तगत सासंद लालबहादुर थापाको सासंद बिकास कोषबाट पचास लाख रहेको थियो । सासंद बिकास कोषको कम्पनीलाई दिएको ७ लाख पेश्की भन्दा बाहेक सबै रकम फ्रिज गएको छ ।
ठेकेदार, खेलकुद विकास समिति, तत्कालिन प्राबिधिक कार्यलय र नगपालिकाको चरम लार्पवाहिले अलपत्र परेको स्थानियको आरोप रहेको छ । निर्माणकार्य अधुरै रहेको कर्भडहल निर्माणका लागि आर्थिक बर्ष ०७५।०७६ गरिएको ठेक्का पनि अलपत्र अबस्थामा रहेका छन् । अब बडिमालिका कन्ट्रक्सन एण्ड अडर सप्लार्सको काम मात्र रहेको छ । उसले ४० लाख बराबरको काम गर्ने भनि ठेक्का पाएका छ । डिबि कन्ट्रक्सनले चैत १५ गते सम्झौता गरेको थियो भने बडिमालिका कन्ट्रक्सन चैत ८ गते काम गर्ने सम्झौता गरेको थियो । सम्झौतामा असार १५ गते सक्ने रहेको थियो ।
बडिमालिका नगरपालिका एकातिर खेलकुद बिकास समिति एकातिर भन्ने आरोपका बिचमा खेलकुद अलपत्र रहेको आरोप लागिरहेको थियो । बडिमालिका नगरपालिका नगरप्रमुख पदम बढुवालले केही दिन पहिला केही प्राबिधिक समस्या उत्पन्न भएकाले केही काममा असर रहेको बताएपनि एकाएक ठेक्का तोडेका छन् । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले खेलकुद अलपत्र रहेको बारे चासो गएको बताए । केही दिनमै काम शुरु गराउने काम शुरु नगरेमा कार्यवाहि गर्नेका लागि प्रक्रिया अगाडिब बढाउने वताए । यो भन्दा पहिला हरिष कन्ट्रन्सन र मनकामना निर्माण सेवाले काम गरेको थियो । निर्माण कार्य बिचमा अलपत्र रहेकाले पहिलाको संरचनामा अलि फरक आएको प्राबिधिकले जनाएका छन् । प्राबिधिकलाई बोलाएर त्यो मिलाउने काम अगाडि बढाउने बडिमालिका नगरपालिकाले वताएको छ ।
बहुउद्देश्यीय कवर्डहल भनेर नाम दिइएको भए पनि निर्माण बीचमै छोडिदा दुई वर्षदेखि अलपत्र परेको छ । विसं २०७३ मा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कवर्डहल निर्माणको शिलान्यास गरेका थिए । भने तत्कालीन पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाले निर्माणको अगुवाइ गरेको कर्भडहल अलपत्र रहेकोमा खेलाडीले दुख ब्यक्त गरेका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमकै ४५ लाख बजेट विनियोजन गरेर निर्माण शुरु गरिएको थियो । प्राविधिकले पुरै निर्माण गर्न एक करोड ९४ लाख लागत लाग्ने अनुमान गरेका थिए । बीचमा खेलकूद विकास परिषद्बाट ४० लाख रकम पनि लगानी भएको छ ।