
बडीमालिका खवर
बाजुरा २६ असार
लगातारको दुई दिनको अविरलसंगै साफे–मार्तडी राजमार्ग सडक अवरुद्ध बनेको छ ।
लगातार वर्ष आएपछि बार्जुगाड खोला हुदै मार्तडीका सम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जादा सडक अवरुद्ध बनेसंगै यातायातका साधन समेत आवतजावत गर्न सकस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताए ।
उहाँले बार्जुगाड हुदै गुईगाड खोलाको पुल नजिकै,बल्दे,अम्कोट,तिपाडा लगायतका ठाउँमा माथिबाट पहिरो आएपछि यातायात सडक अवरुद्ध बनेको बताए ।
बिहीबार विहानैबाट ठाउँठाउँमा पहिरो आएपछि लामो दुरिका बसहरु बाम्का बजार भन्दा माथि आउन नसकेको यात्रु विजय नारायण यादवले बताएका छन् । साफे मार्तडी सडकको विभिन्न ठाउँमा पहिरो गएकाले यातायातका साधन चल्न समेत सकस हुने बताए ।
राजमार्ग सडक अविरल वर्षाका कारण अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बताउनु भयो ।
अवरुद्ध सडक संचालन गर्नका लागि सडक डिभिजन कार्यालय साँफेलाई खवर गरी कार्यालयबाट जेसिजी पठाएपछि अवरुद्ध बनेको सडक संचालनमा आउने जानकारी दिएका छन् ।
साँफे–मार्तडी राजमार्ग सडक अछामका जिल्लाका बुढाबगर लगायतका ठाउँमा पनि पहिरो गएकाले पहिरो पन्छ्याउन सडक डिभिजन कार्यालयलाई खवर गरिसकेको प्रजिअ न्यौपानेको भनाई रहेको छ । मार्तडी–कोल्टी सडक बन्द
जिल्लाको पुर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक वर्षा पनि अवरुद्ध बनेको छ । लगातारको वर्षका कारण उक्त सडक सहित विभिन्न ग्रामिण सडकहरु अवरुद्ध बनेका छन् ।
पानी आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी–घटमुना सडक समेत अवरुद्ध बनेको हो । यस्तै ग्रामिण भेगमा काटिएका सडकहरु पनि अवरुद्ध बन्दै गएका छन् ।
मार्तडी–कोल्टी सडक अवरुद्ध हुदा उत्तरी भेगका स्थानीयहरुले सास्ती भौग्दै आएका छन् । बाटो अप्ठ्यारो भएकाले आवत जातवत गर्न निकै कठिन हुने गरेको यात्रुहरुको गुनासो रहेको छ ।
सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीयहरुले वर्षायाममा पैदल यात्रा गर्न बाध्य हुने गरेका छन् । जथाभावी रुपमा खनिएका सडकहरुले जिल्लामा पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराको तथ्यांकमा रहेको छ ।
प्राविधिक रुपमा चेकजाँच नै नगरी काटिएका सडकहरुले पहिरो निम्त्याउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् । सडकहरु भएपछि लामो तथा छोटो दुरीका सवारीका साधन बन्द भएका छन् ।
