प्रकाश सिहं
बाजुरा, २३ साउन
जगन्नाथ गाँउपालिका ५ बस्ने ३० बर्षिय रामु दमाई पाठेघर खस्ने समस्या भएको १० बर्ष भयो । शुरु शुरुमा लाज मान्ने भएका कारण उनले यो समस्या लुकाउदै आईन् । गाँउमै सञ्चालन भएको स्वास्थ्य शिबिरमा चेकजाँच गर्दा उनको पाठेघरको मुखको क्यान्सर हुने सम्भाबना बढि सकेको छ । लाज मान्ने भएका कारण रोग लुकाउदै थिए, कसैलाई पनि भनिन, अहिले सारै ग्राहो भएपछि मात्र देखाएको रामूले वताईन् ।
रामु जस्तै सोहि वडाकि ३५ बर्षिय शान्ति शाहिको पाठेघरको मुखको क्यान्सरको सम्बाभना देखिएको छ । उनको पनि पाठेघरमा समस्या आएको १२ बर्ष भयो । धेरै समय सम्म लाज मान्ने कारणले लुकाउदै आइन्, अहिले त क्यान्सरको सम्भाबना देखिसकेको छ । स्वास्थ्य कार्यलय बाजुराका परिवार नियोजन सुपर भाइजर सुर्य बिष्टले भने गाँउमा स्वास्थ्य शिबिर सञ्चालन भएपछि उनिहरुमा यस्तो समस्या देखिएको वताए । त्यस्तै हिमाली गाँउपालिका ६ बस्ने ५५ बर्षिय अम्बु अधिकारीको पनि पाठेघर खस्ने समस्या भएको बर्षौ भइसकेको छ, तर अहिले सम्म पनि उपचार गरेकि छ्रैनन् ।
हिमाली गाँउपालिका १ कि ५० बर्षिय चम्फा थापाको पनि पाठेघरमा समस्या भएको २० बर्ष जति भयो, तर अहिले सम्म रोग पाल्दै आएकि छन् । आर्थिक अभाब र अर्को लाज मान्ने कारणले कसैलाई नदेखाएको उनले वताईन् । यि केही उदाहरण मात्र हुन् । यि जस्तै दुर्गमका महिलामा पाठेघर खस्ने समस्याले आक्रान्त बनेका छन् । जिल्लाका ग्रामीण समुदायमा बसोवास गर्ने महिला यो समस्या बाट बढी पीडित भएको जिल्ला अस्पताल बाजुराका डा. दुर्गा महर्जनले वताएका छन् ।
केहि दिन अगाडि मात्र स्वास्थ्य कार्यलय बाजुराले निशुल्क प्रजनन स्वास्थय शिबिरमा पाठेघर समस्या सम्बन्धि महिलाहरु धेरै भेटिएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । जगन्नाथ गाँउपालिकामा १४ जना महिलाको पाठेघर खस्ने देखिएको थियो । स्वामिकार्तिक गाँउपालिकामा १० जना, हिमाली गाँउपालिकामा ६ जना, खप्तडछेडेदह गाँउपालिमा १७ जना र त्रिबेणी नगरपालिकामा १९ जना पाठेघर खस्ने समस्या भएको महिला देखा परेको स्वास्थ्य कार्यलय बाजुराका परिवार नियोजन सुपर भाइजर सुर्य बिष्टले वताएका छन् । यो तथ्याङ्कले बाजुरामा यो समस्या निकै रहेको बिष्टले वताए ।
यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकाली अोराली गर्नु पर्ने, भारी बोक्नु पर्ने, बच्चा धेरै जन्माउँनु पर्ने अशिक्षा लाज मान्ने प्रवृत्ति लगायतका कारणले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने गरेका जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताए । दुर्गमका महिलाहरु अझै पनि यौन रोगहरु लुकाउने गरेका छन् । जसका कारण बर्षौ देखी रोग लुकाएर बस्ने गरेका छन् ।