• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा सामान्य रुपमा बन्दको प्रभाव

बाजुरामा सामान्य रुपमा बन्दको प्रभाव

  • मङ्लबार, असार १०, २०७६
बाजुरामा सामान्य रुपमा बन्दको प्रभाव

बडीमालिका समाचार
बाजुरा १० असार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आजका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव बाजुरामा सामान्य रुपमा देखीएको छ । सुदूरपश्चिममा बाजुरा बाहेक सबै जिल्लामा विहानै देखि बन्दको प्रभाव परे पनी बाजुरामा भने बन्दको प्रभाव सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । बन्दका कारण सुदूरपश्चिमको बाजुरा जिल्ला बाहेक जनजीवन बिहानैदेखी प्रभावित भएको देखीन्छ ।
बाजुरा जिल्ल्लाका सबै ठाउँमा प्रहरीले गस्ती गरिरहेका कारण कुनै प्रभाव नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक उद्धव सिहं भाटले बताएका छन् । बन्दका कारण लामो दुरीका रात्रीसेवा यातायाता समेत गन्तब्य स्थानमा पुगीसकेको र जिल्ला बाहिर जाने यतायाताका लागी सुरक्षा सन्यत्र बलियो बनाएर ठाउँ ठाउँमा प्रहरी खटिएकोले निर्धक्क भएर सवार गर्न सकिने प्रमुख भाटले बताएका छन् । छिमेकी जिल्लाको प्रभाबका कारण जिल्लामा आउने यातायातको संख्यामा सामान्य कमी भएको देखीए पनी जिल्ला भित्र कुनै समस्या नभएको प्रहरीले बताएको छ । गत बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल्को मृत्यु भएपछि त्यसको विरोधमा नेकपाले बन्द घोषणा गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार