• होमपेज
  • बाजुरा बिशेष
  • पाँच बर्ष सम्म मार्तडीको बसपार्क बनेन

पाँच बर्ष सम्म मार्तडीको बसपार्क बनेन

  • आइतवार, असार ८, २०७६
पाँच बर्ष सम्म मार्तडीको बसपार्क बनेन

संगीता तिमिल्सेना
बाजुरा ८ असार
जिल्ला सदरमुकाम मार्तडी सडक संजालसंग जोडिएको ५ वर्ष बितिसक्दा पनी निर्माण हुन सकेको छैन । बसपार्क नबन्दा बाजुरामा आउने बसहरु सडकको पेटीमा राख्न बाध्य भएका छन् । उचित समयमा बसपार्क निर्माण नहुदा“ जिल्लामा संचालित साना तथा ठुला सवारी साधनहरु सडक छेउमै व्यवस्थापन गरिएका छन् ।
सदरमुकाम मार्तडी बजार जिल्लाकै मुख्य व्यापारीक केन्द्र हो । जिल्ला बहिर हरेक काम धन्दाले जाने मान्छे यही बाटो प्रयोग गरेर गाडी चढेर जाने गर्दछन् । तर यहा“ बसपार्क नहु“दा सडक छेउमै गाडी पार्किङ गर्नुपर्नै अवस्था देखिन्छ ।
सदरमुकाममै बसपार्क छैन बाटोमै गाडी व्यवस्थापन गर्नुपर्दछ भन्ने अन्य ठाउ“मा के बसपार्क हुथ्यो । केही समयअघि हाट बजारको छेउमा रहेको जग्गामा बसपार्क बनाउने कुरा थियो र हामीले त्यही पार्किङ गरी राख्ने गरेको थियौ । अहिले सोही ठा“उमा क्रियटर जोन एकेडेमीको भवन बनिसक्यो । र त्यहा“ गाडी पार्किङ गर्न पनि दिएनन् । आजकल हामी जिल्ला कारगार नजिकैको रोडमा गाडी राख्ने गरेका छौ“ । साह्रै समस्या छ । बाटोमा गाडी राख्दा कसैले सिसा फोडीदेलान भन्ने डर हुने चालक बुद्ध कार्कीले बताए ।
गाडी बाटोमै पार्किङ गरेर राख्दा बाटोमा पैदल यात्रा गर्ने मानिसहरुलाई पनि समस्या छ । बिशेष गरी बालबालिका बढी जोखिममा रहेका छन् । बाटोमै पार्किङ गर्दा, गाडी मोड्दा बाटोमै किचिदेला भन्ने डर पनि उत्तीकै रहेको त्रिवेणी नगरपालिका–९ बा“गापाटाका स्थानिय कर्ण सा“उदले बताए ।
जिल्ला कारागार नजिकै गाडीहरु पार्किङ गर्दा कारागारमा पनि रातादिन उत्तीकै होहल्ला भएको कैदिबन्दीहरु बताउ“छन् । त्यस्तै सदरमुकामको हाटबजारको मध्ये भागमा पनि जथाभाबी मालबाहक ट्रक, ट्याक्टर पार्किङ गर्ने गरिएको छ । जसले गर्दा बजारमा होहल्ला हुनुका साथै बजारको बाहिरी स्वरुप पनि भताभुङग देखिएको छ ।
बजारमा बसपार्क पनि छैन । बाटोमै मालबाहक सवारी साधनहरु, ट््याक्टर पार्किङ र लोड अनलोड गर्नाले बजारमा निकै होहल्ला हुने बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका व्यापारी चक्र बहादुर मल्लले जानकारी दिए ।
सदरमुकाममा गाडी मर्मतका लागि निश्चित ठा“उमा ग्यारेज पनि नहु“दा गाडी चालकहरुले बाटोमै गाडी मर्मत गर्ने गरेका छन् । त्यसले पनि बजारमा थप होहल्ला, बाटोमा पैदया यात्रुलाई हिड्न असहज भएको छ । उनले भने ।
सदरमुकाममै रहेको वडिमालिका नगरपालिकाले वडा नं ९ मा पर्ने पातलमा बसपार्क निर्माणका लागि आर्थिक वर्ष २०७४÷७५ मा २९ लाख बजेट विनियोजन गरी निर्माण कार्य सुरु गर्यो । तर ठेकेदारले समयमै काम सम्पन्न नगर्दा बसपार्क निर्माण गर्न ढिलो भएको नगरउपप्रमुख कविता विष्टले बताइन् ।
सो रकम बसपार्क निमार्ण अपुग भएकाल ेयो आर्थिक वर्षमा पुनः १६ लाख ९२ हजार रकम थप गरी निर्माण कार्य जारी रहेको नगरपालिकाका इन्जिनीयर महेन्द्र विष्टले बताए । यो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गरी बसपार्क संचालनमा ल्याउने भनिपनि तोकेको समयमा निर्माण व्यवसायीले काम नगर्दा बसपार्क संचालनमा ल्याउन केही ढिलाई हुनेसक्छ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार