• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा प्रहरी गाँजा फडानी अभियानमा सक्रियता

बाजुरा प्रहरी गाँजा फडानी अभियानमा सक्रियता

  • शनिबार, असार ७, २०७६
बाजुरा प्रहरी गाँजा फडानी अभियानमा सक्रियता

बडीमालिका खवर
बाजुरा ७ असार
जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका बिभिन्न ठाउँमा गाँजा फडानी अभियानमा सक्रियता देखाएको छ । २०७६ बैशाख २१ गते देखि हाल सम्म यस कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट खटि गएको गस्ती टोलीले जिल्लाको बिभिन्न वडा एरियामा आफै उम्रिएको खेतबारीमा १०५ रोपनी गाजाका बोटहरु फडानि गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । जिल्लाका विभिन्न ठाउँमा जंगलमा आफै उम्रेको गाँजाखेति फडानी गरेर नष्ट गरेको प्रहरीले बताएको छ ।
स्थानीय भाँगो नामको गाँजा लागु औषध अन्तरगत नेपालमा गैरकानुनी मानिदै आएको छ । गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएको र टोली जुन ठाउँमा गस्ती गर्छ त्यहाँ देख्ने बित्तीकै फडानी गर्ने अभियान रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धव सिहं भाटले बताए । विभिन्न ठाउँमा लगाईएका र आफै जंगलमा उम्रेको गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने डिएसपी भाटको भनाई रहेको छ ।
गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार