• होमपेज
  • बाजुरा बिशेष
  • घण्टौ बोकेर तरकारी बजारमा

घण्टौ बोकेर तरकारी बजारमा

  • शनिबार, असार ७, २०७६
घण्टौ बोकेर तरकारी बजारमा

संगीता तिमिल्सेना
बाजुरा ७, असार
जिल्लको बडीमालिका नगरपालिका वडा न ३ रजालीलाई तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्ला सदरमुकाम मार्तडीमा आवश्यक पर्ने सम्पूर्ण तरकारी अहिले प्रायः रजाली बाट नै आउने गर्दछ ।
तर स्थानिय सरकार गाउ“घरमै आएको २ वर्ष भैसक्दा पनि मार्तडीबाट रजाली पैदाल यात्रामा १ घण्टा लाग्ने सडक नहु“दा स्थानिय तरकारी व्यवसायीहरु बिहानै ५ बजे तरकारीको डोको बोकेर बजारमा आउने गर्दछन् ।
तरकारी प्रशस्त फलाएपनि बजार टाढा हु“दा निकै समस्या हुने गरेको पुर्खौदेखि तरकारी व्यवसाय संचालन गर्दै आउनुभएकी फुगी रोकायाले गुनासो गरिन् । बिहानै डोको माथीसम्म नै बन्दा बोकेर मार्तडी बजार आएकी उनले स्या“ स्या“ गर्दै भनिन् ‘जस्ता जमना आएपनि हाम्रो परिर्वतन कहिल्यै हुनेछैन ।’
पुनः लामो स्वास फेर्दै निर्वाचनका बेला घरघरमा हात जोड्दै जाने नेताहरु खै क“हा छन् । हामीलाई थाहा छैन । हाम्रो समस्या उस्तै छ ।
हामीले रजालीलाई तकारी नै फलाएर देशभरी नै चिनाएका छौं । बाजुराको रजाली सबै किसमिका तरकारी उत्पादन हुन्छन् र त्य“हाकै तरकारीले सदरमुकाम मार्तडी बजारलाई तरकार प्रसस्त छ । यो सबैलाई थाहा छ तर त्यसको कसैले सुनुवाई गदैनन् । अर्का तरकारी व्यवसायी मन बहादु खड्काले बताए । हामीले त यसरी नै जीवन निर्वाह गरेकै छौं गा“उसम्म सडक सञ्चालन भयो भने झनै सहज हुने थियो । उनले थपे ।
तरकारी व्यवसाय भनेको काम गरेर खाने व्यवसाय हो । तर बिहानै ४ बजे उठेर तरकारी तयार पार्नुपर्छ । ५ बजेतिर बजार गएर १० बजेतिर घर फकिन्छौं । सबै समय त्यसैमा ठिक्क हुन्छ । हिडेरै बजार जा“दा काम गर्ने समय पनि खर्च हुने तरकारी व्यवसायी धना रोकायाले बताइन् ।
सडक मात्र नभई सदरमुकाम मार्तडी बजारदेखि तरकारी पकेट क्षेत्र रजाली जान बाउली खोला तर्नुपर्दछ । सो खोलामा पुन नहु“दा त झन बर्खाको समयमा स्थानियले लगाएको सबै तरकारी बारीमै कुहिने गर्दछ ।
थोरै वर्षा आयो भने आवतजावत बन्द हुन्छ मानिस आवश्यक कामकाजका लागि आउन त सक्दैनन् । तरकारी लिएर कसरी आउन् । त्यसैले त वर्षायाममा मार्तडी बजारमा तरकारी अभाव पनि हुन्छ र महंगी पनि बढ्छ । रजाली घर भएकी मार्तडीमै पसल संचालन गर्दै आएकी मिना रोकायाले बताइन् । त्यसमा पनि बढी बालबालिका प्रभावित भएको उनले थपिन् ।
वडिमालिका नगरपालिकाले सम्पूर्ण वडालाई सडक संजालमा जोड्नको लागि सडक निर्माण गर्यौ । वडा नं ३ रजालीसम्मका जानका लागि चोयाकोट माविसम्म सडक त निर्माण गरिएको छ । तर संचालनमा छैन । सो सडकमा कहिले का“ही फाटफुट मोटरसाइकल मात्र जाने गरेका छन् । तर अन्य सवारी साधन संचालनमा छैनन् ।
गाडी संचालन गर्न अहिले नगरपालिका पनि मौन रहेको देखिन्छ । सो सडकमा आफुहरुले काम परेपछीमात्र गाडी लिने गरेको नगरउपप्रमुख कविता विष्टले बताइन् । खासै अहिले सर्वसाधारणको लागि गाडी संचालनमै आएका छैनन् ।
तत्काल यातायात व्यवसायीले पनि सानो दुरीमा गाडी संचालन गर्न नमानेकोले स्थानियले पनि गाडीका लागि बुकिङ्क गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । अहिले वडासम्मै गाडी संचालन भएको छैन । सडक पुर्ण रुपमा निर्माण भैसकेपछि तत्काल गाडी संचालन हुने उनले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार